समयले एउटा प्रश्न गर्यो– गुम्बामा शान्तिको प्रार्थनासभा चलाउन हतियार उज्याइरहेका तिमी को हौ ? यो सभ्यतामाथि गरिएको प्रश्न पनि हुन सक्छ अथवा, समयको आफ्नै कथा । + + + प्रश्नहरु आफैंमा केही होइनन् कसैले त्यसलाई प्रश्न नमानेसम्म उत्तर दिन आवश्यक नठानेसम्म कसैले प्रश्नहरुको स्वामित्व नलिएसम्म ति केवल झुक्किएर सुसेलिएका समयका आर्तस्वरहरु मात्र हुन जान्छन् । त्यो प्रश्न एकछिन् हावामा टक्क अडियो । त्यो प्रश्न अब प्रश्न नभएर समय आफ्नै विरुद्ध स्वाभाविक व्यङ्ग्य जस्तो विरोधसभामा दहन गर्न ठिक्क पारिएको पुतला जस्तो खिसिट्युरीमा फुस्किएको नमिठो हाँसो जस्तो प्रश्नभन्दा पनि असजिलो एउटा पहेली जस्तो थप प्रश्नहरुको आह्वान भएर आकाशमा अडिरह्यो । + + + गुम्बानजिकै तरवारमा शान लगाइरहेको एउटा भिक्षु ठूलै जिम्मेवारीले थिचिएर शिथिल भएजसरी विस्तारै उठ्छ, त्यो उज्याइएको धारलाई जाँच गर्न बुढी औंलाको पछिल्लो भागलाई धारमा छुवाएर टुप्पोदेखिे फेदसम्म झार्छ । केही निश्चिन्त भए झैं गुम्बाको चारैपट्टी आँखा दौडाउँछ, र मानौं खतरामा परेको गुम्बा र ऊ आँफै अब प...
The Way I See the World