फूल आस्था हो, फुल्नु समर्पण हो; फूल फुल्छे, र सबैका लागि आफूलाई समर्पित गरिदिन्छे । त्यसपछि, हावाले- पानीले - उसलाई निर्लज्ज बलात्कार गरिरहन्छन् । तर, ऊ भने कुनै विरोध जनाउँदिन, वा विरोध जनाउने सामर्थ्य राख्दिन हावासँग- पानीसँग- र, स्विकार्छे गर्भाधान । तर, ती फूलहरूबाट के फूलहरू नै जन्मेलान् ? यो सिङ्गै प्रश्न अझै अनुत्तरित छ ।
The Way I See the World