(रेशम विरही दाइ नेपालगंजमा पत्रकारिता गर्ने अन्तिम वर्ष तिर (ठ्याक्क वर्ष सम्झना भएन) दाइको आग्रहमा उहाँले सम्पादन गर्ने पत्रिकालाई केही न केही लेख्छु भन्नलाई मैले यस्तो पत्र लेखेको रहेछु । चिठीमा उठेका विषय अहिले पनि उत्तिकै सान्दर्भिक हुनु दुर्भाग्य भइदियो ।) - केशव सिग्देल प्रिय दाइ, शव्दहरुमा आकांक्षा लुकेको हुन्छ । शब्दले नै आग्रहरु जन्माउँछ । लोभ, ईष्या, अंहकार शब्दहरुबाटै जन्मिन्छ । शब्दहरु बिर्संदै गए आग्रहहरु हराउँदै जान्छन् । निःशब्द मान्छे बुद्ध हुन्छ । धेरै समय म निःशब्द भएँ तर बुद्ध भइन । मेरो इतिहास बलजफ्ती मबाट खोसियो । मेरो थालको भात खोसियो र शब्दकोषमा भोक र छटपटी थपियो । मेरो विवेकमाथि प्रहार गरियो र शब्दकोषमा घृणा र हिंसा थपियो । मेरो देश बलजफ्ती मबाट खोसियो र शब्दकोषमा परिवर्तन थपियो । म अहिले शब्दहीन भएको छु । प्रत्येक दिन शब्दकोष पल्टाउँछु । भोक पिउँछु र छटपटी ओकल्छु । घृणा पिउँछु र हिंसा ओकल्छु । शब्दहीन पारेर मलाई बुद्ध बनाउने प्रयत्न भइरहेको पनि हुन सक्छ । तर म बुद्ध भएको छैन । मैले शब्द विर्सेको छैन । शब्दहरुको सहायताले मैले आफ्नो...
The Way I See the World