Skip to main content

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद

प्रकाशित मिति: २०७५ फागुन १८

नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ?

नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ। 

पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि?

त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि हराउन पनि सक्छन्। यसका लागि समालोचनाको परम्परा अलि बलियो हुनुर्छ जुन अझै हुन सकेको छैन। 

समालोचना सुदृढ किन नसकेको होला त? 

थोरै लेखक भएको ठाँउमा लेखकलाई प्रोत्साहन दिनुपर्ने अवस्था थियो। त्यसैले एउटा युग ती लेखकलाई टिकाइराख्न उत्प्रेरणा दिनुपर्ने अवस्थाबाट गुज्रियो। किनभने लेखकहरु कतिपय आफ्नै मेहेनत र लगानीमा पुस्तक छपाउने र सित्तैमा वितरण गर्ने अवस्थामा थिए। लेखकले लेखनबापत पारिश्रमिक पाउने अवस्था पनि थिएन। अब प्रकाशन गृहहरु खुलेका छन्। कम्तिमा बजार पाउन सम्भव भएका कृतिहरु अब उनिहरु नै खोजी खोजी छाप्न थालेका छन्। अब बिस्तारै प्रकाशन गृहहरुले सम्पादक राखेर कृति परिमार्जन गर्ने, लेखकले पनि त्यसबाट आम्दानी गर्ने स्थिति बनेपछि समालोचनाको भूमिका बढ्छ। 

लेखकहरु टिकाउनु पर्ने युगबाट हामी प्रकाशकहरु टिकाउनु पर्ने युगमा प्रवेश गरेका छौं। अहिले पत्रपत्रिकामा कृतिका बारेमा जेजति छापिन्छन् धेरैजसो स्पोन्सर्ड हुन्। यसमा नराम्रो केही छैन। लेखक र पाठकलाई जोड्ने काम ती प्रायोजित रिभ्युहरुले गरेका छन्। प्रकाशन क्षेत्रका मानिसहरु ढुक्कसँग किताब बेच्नसक्ने अवस्थामा समालोचनाको आधारमा कृतिको गुणदोषको मूल्याङ्कन शुरु हुन्छ। तर विश्वविद्यालय र ऐकेडेमी जस्ता संस्थाहरुले यसको पूर्वाधार बनाउँदै जानुपर्छ। त्यसमा अलि बढी लगानी र प्रोत्साहानको जरुरी छ। 

साहित्य र बजारको सम्बन्ध त निकै अन्योन्यास्रित देखियो त?

त्यो कुरा सही हो। प्रकाशकहरुले पाठकहरुको ‘टेस्ट’ निर्धारण गर्ने खतरा पनि छ। बजारमा के बिक्छ त्यही लेख्ने एउटा अवस्था पनि आउन सक्छ। तर त्यो धार चुनौतीविहिन हुने छैन। पूँजीबादको हस्तक्षेपका विकृत पक्षमाथि निरन्तर खबरदारी हुने क्रम रोकिने छैन। तर अहिलेको समयमा बजारलाई बेवास्ता गरेर जाऊँ भन्ने ठाउँ पनि छैन। बजारलाई बृहत्तर सामाजिक हित विपरित जान नदिने किसिमले नयाँ सन्तुलन खोज्नु पर्छ होला। 

राजनिती र समाजको चरित्रले साहित्यलाई कसरी असर गरिरहेको हुन्छ?

संसारभरिकै अनुभवबाट के देखिन्छ भने सत्ता भनेको वैधानिक रुपमा हिंसा गर्न पाउने लाइसेन्स भएको निकाय हो। त्यसैले सत्ताको चरित्र मूलरुपमा अधिनायकबादी नै हुन्छ। त्यसैले समाजका सचेत बर्गको डिसेन्टीङ् भ्वाइसको महत्व धेरै छ। उदाहरणका लागि कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, सिके लाल, युग पाठक जस्ता केही लेखक र सामाजिक अभियन्ताहरु सधैंसत्ताको विरोधी कित्तामा बसेका छन्। त्यो चानचुने कुरा होइन। लेखकले समाजको चित्रण गर्छ तर यथास्थितिलाई  अन्तिम सत्यको रुपमा लिनु हँुदैन। रुपान्तरणको कुनै न कुनै संकेत उसले दिनुपर्छ। एक हिसाबले लेखकहरु आलोचनात्मक भइरहनुपर्छ।

अहिलेको हाम्रो समाज र त्यसले चुनेको नेतृत्वको चरित्रमा मध्यमवर्गिय दलाल मनोवृत्ति हावी छ। ऊ समाजको उत्पिडन, विभेदसँग परिचित छ। र समाज बदल्नुपर्छ भन्ने मान्यतामा सैद्वान्तिक रुपमा सहमत पनि छ। तर व्यवहारमा आफू र आफ्ना सन्तानलाई सुरक्षित राख्नुपर्छ भनेर सत्ता र शक्तिलाई दुरुपयोग गरिरहेको छ। त्यसैले जसले परिवर्तनका लागि मानिसहरुलाई आन्दोलित ग¥यो त्यही शक्तिले व्यवहारमा परिवर्तन रोकिरहको छ। अहिले नेपाली समाजको विरोधाभास नै यही हो। 

तपाईं मानव अधिकार आन्दोलनमा पनि सक्रिय हिसाबले नेपाली समाज कति खुला र समावेशी हुँदै गइरहेको देख्नुहुन्छ? 

लैङ्गिक समानता र समावेशिताका हिसाबले केही महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन्। तीनलाई हामीले कानुनी रुपमा संरक्षण पनि गरेका पनि छौं। तर त्यो विभिन्न समूहका आन्दोलन र अन्तराष्ट्रिय परिस्थितिका बाध्यत्मक उपज थिए। हाम्रो सामाजिक संरचना र नेतृत्वले पनि त्यसलाई सहज रुपमा स्विकारेको छैन। त्यसैले कार्यान्वयन गर्दा जहाँ जहाँ ती नयाँ व्यवस्थालाई कुल्चिन सकिन्छ, त्यहाँ प्रतिगामी किसिमका हस्तक्षेप भएका छन्। निरन्तर खबरदारी अझै आवश्यक छ। हामीले राजनैतिक परिवर्तनका बेला बहुल समाजको कल्पना गरेका हौं। तर परिवर्तनका नायकहरु त्यो बहुलतालाई स्विकार गर्न नसकिरहेको अवस्थामा प्रस्तुत भइरहनु भएको छ। यसले के देखाउँछ भने हाम्रो चिन्तन फेरिएको छैन। कानूनका कुरा ‘कस्मेटिक’ बन्दै जाने हुन् कि भन्ने भय पनि देखिन्छ। 

नेपाली प्राज्ञहरु कति स्वतन्त्रत छन्?

यो प्रश्नको जवाफ सजिलो छैन। नेपालमा गरीब मानिसहरु राजनैतिक र अभिव्यक्तिको हिसाबले बढी स्वतन्त्र छन्। तर प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्। त्यसैले यसमा राजनैतिक व्यवस्थालाई भन्दा पनि प्राज्ञिक क्षेत्रका मानिसहरुको आफ्नै व्यवहार बढी जिम्मेवार छ। जब राजनितीमा भएको व्यक्तिको इच्छा र आदेशलाई ऊ आफ्नो ज्ञान र तर्कको आधार बनाउन शुरु गर्छ, प्राज्ञिक स्वतन्त्रताको अवसान त्यही क्षणमा भइसक्छ। त्यसैले राजनीतिको दोष कम, विश्वविद्यालय र अन्य प्राज्ञिक क्षेत्रका मानिसहरुको मनोविज्ञान यसमा बढी जिम्मेवार छ। तर यी मानिसहरु पनि हाम्रै मध्यमवर्गीय चिन्तनले ग्रस्त समाजका उपज भएकाले यो स्वाभाविक जस्तो पनि देखिन्छ। 

अन्त्यमा, तपाईं आफू चाहिँ केका लागि लेख्नुहुन्छ?

शुरुमा आफूलाई उदात्त रुपमा अभिव्यक्त गर्न सक्ने माध्यमको रुपमा लेखन मरो जीवनको अङ्ग बन्यो। तर पछि लेखन सामाजिक विषयहरुमा बोल्ने साधन पनि भयो। साहित्यले के गर्नुपर्छ भन्ने बारे अद्यापी प्रसस्त डिबेटहरु छँदैछन्। मेरो बिचारमा लेखनको सौन्दर्यपक्षलाई आत्मसाथ गर्दै समाजको चेतनाको रुपमा लेखनले काम गर्न सक्यो भने त्यसको मूल्य रहिरहन्छ। 


Comments

Popular posts from this blog

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

Earthquake

by KESHAB SIGDEL The ground beneath the feet shakes Windowpanes swing with dooming creaks And where I live soon turns into a dancing house Before I connect any of these episodes of a                  rallying terror! Is it the life we love? Is it the death we fear? Sorry, it’s not the time to contemplate; But I see my dear ones run even when I am here Lovers, friends, parents and everyone who can They run and jump, and stroll and creep To make a sense of their being Through the last long breath they inhale.  I am stranded here in the crumbles of the razed house I’m no more a lover or a friend, but a sufferer. Sanity is a word of mockery — Vanity is not yet thought of — It doesn't matter if I want to go to them Or if they want to come to me in a new incarnation With a rescue plan, with cheer groups around, And the flashes and the annoying selfie-shutters.   Thanks God, I got to see the...