फूल आस्था हो,
फुल्नु समर्पण हो;
फूल फुल्छे, र
सबैका लागि आफूलाई
समर्पित गरिदिन्छे ।
त्यसपछि,
हावाले-
पानीले -
उसलाई निर्लज्ज बलात्कार गरिरहन्छन् ।
तर, ऊ भने
कुनै विरोध जनाउँदिन, वा
विरोध जनाउने सामर्थ्य राख्दिन
हावासँग-
पानीसँग-
र, स्विकार्छे गर्भाधान ।
तर, ती फूलहरूबाट
के फूलहरू नै जन्मेलान् ?
यो सिङ्गै प्रश्न
अझै अनुत्तरित छ ।
फुल्नु समर्पण हो;
फूल फुल्छे, र
सबैका लागि आफूलाई
समर्पित गरिदिन्छे ।
त्यसपछि,
हावाले-
पानीले -
उसलाई निर्लज्ज बलात्कार गरिरहन्छन् ।
तर, ऊ भने
कुनै विरोध जनाउँदिन, वा
विरोध जनाउने सामर्थ्य राख्दिन
हावासँग-
पानीसँग-
र, स्विकार्छे गर्भाधान ।
तर, ती फूलहरूबाट
के फूलहरू नै जन्मेलान् ?
यो सिङ्गै प्रश्न
अझै अनुत्तरित छ ।
Comments
Post a Comment