आँगनमा पहेँलपुर भएर फूलहरु फुलेका छन् । घरकी स्वास्नीमान्छे विहान उठ्छिन् र अन्दाजी दश वर्ष पहिले एक हुल मानिसहरुले घरबाट करकापमा लिएर गएका आफ्नो लोग्ने फर्कन्छन् कि भनेर आखाँले भ्याउन्जेलसम्म बाटोको शिरानतिर हेर्छिन् । पर्खन सक्ने जति उनले पर्खिइन् तर, अहँ म आँए भनेर लोग्ने फर्किएनन् । आँसुका अन्तिम नुनिला ढिक्का झरे बेहिसाब– अर्थहीन– र, अब उनले गर्न सक्ने एउटै कुरा बाँकी रह्यो– केवल सम्झना । उनी आफ्नो लोग्नेलाई सम्झन्थिन् करकापमा हुलको पछाडी लागेर घर छाड्नुअघि लोग्नेले आँगनमा रोपेका फूलहरुलाई टक लगाएर हेर्थिन् र, आँगनमा चहकिएका फूलहरुमा प्रतीक्षाको थप सामल भेट्थिन । हावाको झोक्कामा यौवनमै झर्ने फूलहरुले उनलाई नतर्साएका होइनन्; तर फूलमा पल्लवित भएर आउने नयाँ पालुवाहरु र, अनुपम महक सहितका कोपिलाहरुलाई देखेर आत्मानुभूतिमा उनी आफ्नो प्रतीक्षाको सीमालाई नविकरण गरिदिन्थिन् । फूलहरुसँगको लामो संसर्गपछि खोइ किन हो फूलहरु देखेर उनलाई आज एक्कासी छट्पटी भयो । त्यसमा उनले क्रुरताको छायाँ अनुभव गरिन्; पूर्वपट्टीबाट लहरीएर आएको हावाको लयमा लच्कीरहेका फूलहरुम...
The Way I See the World