आँगनमा
पहेँलपुर भएर फूलहरु फुलेका छन् ।
घरकी स्वास्नीमान्छे
विहान उठ्छिन्
र अन्दाजी दश वर्ष पहिले
एक हुल मानिसहरुले घरबाट करकापमा लिएर गएका आफ्नो लोग्ने
फर्कन्छन् कि भनेर
आखाँले भ्याउन्जेलसम्म बाटोको शिरानतिर हेर्छिन् ।
पर्खन सक्ने जति उनले पर्खिइन्
तर, अहँ
म आँए भनेर लोग्ने फर्किएनन् ।
आँसुका अन्तिम नुनिला ढिक्का झरे
बेहिसाब–
अर्थहीन–
र, अब उनले गर्न सक्ने एउटै कुरा बाँकी रह्यो–
केवल सम्झना ।
उनी आफ्नो लोग्नेलाई सम्झन्थिन्
करकापमा हुलको पछाडी लागेर घर छाड्नुअघि
लोग्नेले आँगनमा रोपेका फूलहरुलाई
टक लगाएर हेर्थिन्
र, आँगनमा चहकिएका फूलहरुमा
प्रतीक्षाको थप सामल भेट्थिन ।
हावाको झोक्कामा यौवनमै झर्ने फूलहरुले
उनलाई नतर्साएका होइनन्;
तर फूलमा पल्लवित भएर आउने नयाँ पालुवाहरु
र, अनुपम महक सहितका कोपिलाहरुलाई देखेर
आत्मानुभूतिमा उनी आफ्नो प्रतीक्षाको
सीमालाई नविकरण गरिदिन्थिन् ।
फूलहरुसँगको लामो संसर्गपछि
खोइ किन हो
फूलहरु देखेर उनलाई आज एक्कासी छट्पटी भयो ।
त्यसमा उनले क्रुरताको छायाँ अनुभव गरिन्;
पूर्वपट्टीबाट लहरीएर आएको हावाको लयमा
लच्कीरहेका फूलहरुमा
मृत्यु–नाच देखिन् ।
तर ति आरोपहरुमा
फूलहरु मौन बसे ।
ति स्वास्नीमान्छेको अनभिज्ञतामै
फूलहरुले
आफ्नै घरको आँगनमा गाडिएको उनको लोग्नेको शवमाथि
सधैँझैँ आज पनि
श्रद्धाका थँुगा भने अर्पण गरिरहे ।
२०६४ साउन ४ गते ।
पहेँलपुर भएर फूलहरु फुलेका छन् ।
घरकी स्वास्नीमान्छे
विहान उठ्छिन्
र अन्दाजी दश वर्ष पहिले
एक हुल मानिसहरुले घरबाट करकापमा लिएर गएका आफ्नो लोग्ने
फर्कन्छन् कि भनेर
आखाँले भ्याउन्जेलसम्म बाटोको शिरानतिर हेर्छिन् ।
पर्खन सक्ने जति उनले पर्खिइन्
तर, अहँ
म आँए भनेर लोग्ने फर्किएनन् ।
आँसुका अन्तिम नुनिला ढिक्का झरे
बेहिसाब–
अर्थहीन–
र, अब उनले गर्न सक्ने एउटै कुरा बाँकी रह्यो–
केवल सम्झना ।
उनी आफ्नो लोग्नेलाई सम्झन्थिन्
करकापमा हुलको पछाडी लागेर घर छाड्नुअघि
लोग्नेले आँगनमा रोपेका फूलहरुलाई
टक लगाएर हेर्थिन्
र, आँगनमा चहकिएका फूलहरुमा
प्रतीक्षाको थप सामल भेट्थिन ।
हावाको झोक्कामा यौवनमै झर्ने फूलहरुले
उनलाई नतर्साएका होइनन्;
तर फूलमा पल्लवित भएर आउने नयाँ पालुवाहरु
र, अनुपम महक सहितका कोपिलाहरुलाई देखेर
आत्मानुभूतिमा उनी आफ्नो प्रतीक्षाको
सीमालाई नविकरण गरिदिन्थिन् ।
फूलहरुसँगको लामो संसर्गपछि
खोइ किन हो
फूलहरु देखेर उनलाई आज एक्कासी छट्पटी भयो ।
त्यसमा उनले क्रुरताको छायाँ अनुभव गरिन्;
पूर्वपट्टीबाट लहरीएर आएको हावाको लयमा
लच्कीरहेका फूलहरुमा
मृत्यु–नाच देखिन् ।
तर ति आरोपहरुमा
फूलहरु मौन बसे ।
ति स्वास्नीमान्छेको अनभिज्ञतामै
फूलहरुले
आफ्नै घरको आँगनमा गाडिएको उनको लोग्नेको शवमाथि
सधैँझैँ आज पनि
श्रद्धाका थँुगा भने अर्पण गरिरहे ।
२०६४ साउन ४ गते ।
Comments
Post a Comment