Skip to main content

कर्णालीको छेउछाउ

२००५ सालमा अछाममा जन्मिएर र त्यहि हुर्के बढेका र २०२९ पछि कैलालीलाई कर्मथलो बनाएका
गगनसिंह थापाको कर्णालीको छेउछाउ (अनूभूति आख्यान) सार्वजनिक भएको छ । लेखकले यसमा आफ्नो बाल्यकालदेखि वर्तमानसम्मका विभिन्न घटना र भोगाइलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् । म आफैंले पनि देखे घुमेका ठाउँहरुको वर्णन गरिएको भएर पनि मलाई यसले बढि तानिरहेको हुनसक्छ । यो पुस्तक तीन किसिमले मलाई राम्रो लागिरहेकोछ ।

पहिलो, राणाशासनकोअन्त्यपछि त्यसको अवशेषको रुपमा रहेका सामाजिक संरचनाका साथै, शिक्षा, स्वास्थ्य, र सामाजिक जीवनका विभिन्न रोचक पक्षहरुको जानकारीलाई निजात्मक शैलीमा पाठकहरुलाई दिने काम यसले गरेको छ । खासगरी कर्णाली क्षेत्र (मध्य र सुदूरपश्चिमको पहाडी भेग)को बारेमा जानकारी दिने खालका साहित्य खासै उपलब्ध नभइरहेको अवस्थामा तत्कालिन कर्णालीक्षेत्रलाई बुझ्न यो उपयोगी हुने देखिन्छ ।

दोस्रा,े प्रजातन्त्रको प्राप्तिपछि पनि कर्णाली क्षेत्रको आर्थिक सामाजिक जीवन कसरी उही अभाव, गरिबी, बेरोजगारी, पछौटेपनमा सिमित भयो भन्ने समकालिन समाजको चित्र पनि यसले दिन्छ । राजनैतिक आन्दोलनहरुमा सक्रियतापूर्वक योगदान गरेको कर्णाली त्यसको प्रतिफलमा सहभागी हुन नसकेको यथार्थ लेखनको पेटबोलीमा प्रष्टसँग झल्किन्छ । सशस्त्र द्वन्दले सामाजिक र व्यैक्तिक जीवनका पारेका प्रभावहरुलाई पनि यो संस्मरणात्मक आख्यानले समेटेको हुनाले यो पुस्तक समकालिन समाजको ऐना जस्तो पनि लाग्छ ।

तेस्रो, यसले कर्णाली क्षेत्रको भाषिक मौलिकतालाई आम नेपाली पाठकहरुमा परिचित गराउने प्रयास गरेको छ। त्यस क्षेत्रका केही ठेट शब्दहरुको प्रयोगले त्यहाँको मौलिकतालाई बढि स्वाभाविक ढंगले प्रस्तुत गर्न सम्भव भएको जस्तो लाग्छ । र आम पाठकहरुको सजिलोकोे निम्ति बेलाबेलामा कोष्ठकभित्र प्रचलित नेपाली शब्दहरु पनि लेखकले राखिदिएका छन् ।

४२८ पृष्ठ लामो यो पुस्तकका सर्जक गगनसिहं थापा धन्यवादका पात्र छन् । तर पुस्तकमा रहेका केही भाषिक सम्पादनसगँ सम्बन्धित कमजोरीहरुलाई प्रकाशनपूर्व नै हटाउन सकेको भए अझै सन्तोषको विषय हुने थियो ।

पुस्तकबाट सानो अंशः
दमै बाका लुगा सिउँदा चलेका औंलाहरु मलाई हेरुँ हेरुँ लाग्थ्यो । अनि दमै बालाई म सोध्थेँ– बा यो चाक्लो मुन्द्री औंलामा किन लगाउनु भा’को ? अनि दमै बा आफ्नो खुम्चिएको निधारका चाउरी तन्काउँदै मतिर पुलुक्क हेर्दै भन्नुहुन्थ्यो– यो मुन्द्री हैन क्या लाटा, यो त अगलवनु हो, सुयोले औंला न घोचोस् भनेर लगाएको । अनि म स्वीकृतिसूचक टाउको हल्लाउँदै भन्थें– बा मेरो भोटो राम्रोसँग सिइदेऊ है ।

पुस्तकः कर्णालीको छेउछाउ
लेखकः गगनसिहं थापा
प्रकाशकः हिक्मत थापा
आवरणः रमेश पौडेल
पृष्ठः ४२८+ १२

Comments

Popular posts from this blog

चराहरुको जुलुस

केशव सिग्देल कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट म खोजिरहेछु शक्तिको नाभीस्थान । देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट विवश भएर म हेरिरहेछु कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर, दरबार जस्तो गुफा मात्र । शाक्तिको उन्मादमा एउटा बुढो सिंह आफूलाई त्यो दरबारको राजा घोषित गर्छ र आफ्नो भोक तृप्तीका लागि हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई एक एक गरी खाने कानून बनाउँछ । भय र सन्तापमा परेका जीवहरु बिरोधमा बोल्न सकेका छैनन् । दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन् त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु । देबढोका पश्चिमको गुम्बामा डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ, सायद गुम्बाका भिक्षुहरु निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् । गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ बालकथाका खरायो मन्दिरको खापामा राखिएको तरवार झिकेर देव पुखूमा पखालिरहेछ हारेको युद्धका खाटाहरु । विवेक वर्जित गरिएको शहरमा फेरी बिरोधक...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

A Conversation with God

During the prayer to God I said, ‘I have nothing to offer but my dreams.’ God was not assured. Hundreds of devotees queue up everyday at least with a basket of flowers, a few incense sticks, and a coin or two. I saw no reason why God should be unhappy with me, and with them all. To God, I said again, ‘I have nothing to offer but my faith.’