(कविता)
रोहिणी खोलामा पानी बग्छ वा अभाव
बगरमा चालिन्छ बालुवा अथवा सपनाहरु
किनारमा कुटिन्छ ढुङ्गा कि जीवनहरु
अनि बाढीमा बग्छन् कुढा कि खुशीहरु?
उनीहरु केही भन्दैनन्
ति ढुङ्गाका देउताहरु।
चुल्होमा आगो बल्छ कि भोक
धुरीबाट धुवाँ निस्किन्छ कि शोक
कसौंडीमा भात छड्किन्छ कि भाग्य
थालमा स्वादहरु पस्किइन्छ कि क्षोभ?
उनीहरु केही भन्दैनन्
ति ढुङ्गाका देउताहरु।
अभावले पोतिएका अध्याँरा कुनाहरुमा
आइपुग्दैन कि घाम भनेर
प्रत्येक बिहान अञ्जुलीले घाम उभाउँछिन् मेरी आमा
जाँतोमा पिस्छिन् त्यही उज्यालो
र बेलुका पस्किन्छिन् मनभरी रहरहरु।
तर आकाशमा हाच्छयूँ काढ्दै हिँड्ने त्रासको छायाँ देखेर
घरमा चाख्दैनन् कोही ति रहरहरु,
र बोल्दिनन् मेरी आमा पनि।
रोहिणी खोलाको पश्चिम आइपुग्दैन कि घाम भनेर
प्रत्येक दिन घामलाई काँधमा हालेर हिँड्छन् मेरा बा
र बेलुका टुकीमा बिसाउँछन् उज्यालो।
गाउँमा हाच्छयूँ काढ्दै हिँड्ने त्रासको छायाँ देखेर
बल्दैनन् टुकीहरु
र बोल्दैनन् मेरा बा पनि।
छेउमा उभिएकी मेरी छोरीको मनमा
अहिले अनेक प्रश्नहरु छन्—
—किन बोल्दैनन् यहाँ देउताहरु?
—किन बोल्दैनन् उसका हजुरबुवा र हजुरआमाहरु?
उसलाई थाहा छैन
सोध्नु हुन्छ कि हुन्न प्रश्नहरु
त्यसैले पोतिदिन्छे आखाँमा ति सवालहरु।
यतिबेला नजिकै गाँउको इदगाहमा
नमाजको तयारी गरिरहेछन् मानिसहरु।
अहिले म छोरीलाई प्रश्न नसोध भन्न सक्तिन
नमाज पढ्न लागेका ति मानिसहरुलाई
भक्ति र प्रेमको त्यो गीत रोक भन्न सक्तिन।
आफूभित्र एउटा विश्वास जगाउँछु
र पर्खन्छु समय
जहाँ
अहम्का गोलाहरु प्रक्षेप गरेर आकाशभरी
गाउँमा हाच्छयूँ काढ्दै हिँडेका त्रासका छाँयाहरु
चिरिन्छन् प्रश्नका चट्याङ्गहरुले
र, हराउँछन् प्रेमको उज्यालोमा।
रोहिणी खोलामा पानी बग्छ वा अभाव
बगरमा चालिन्छ बालुवा अथवा सपनाहरु
किनारमा कुटिन्छ ढुङ्गा कि जीवनहरु
अनि बाढीमा बग्छन् कुढा कि खुशीहरु?
उनीहरु केही भन्दैनन्
ति ढुङ्गाका देउताहरु।
चुल्होमा आगो बल्छ कि भोक
धुरीबाट धुवाँ निस्किन्छ कि शोक
कसौंडीमा भात छड्किन्छ कि भाग्य
थालमा स्वादहरु पस्किइन्छ कि क्षोभ?
उनीहरु केही भन्दैनन्
ति ढुङ्गाका देउताहरु।
अभावले पोतिएका अध्याँरा कुनाहरुमा
आइपुग्दैन कि घाम भनेर
प्रत्येक बिहान अञ्जुलीले घाम उभाउँछिन् मेरी आमा
जाँतोमा पिस्छिन् त्यही उज्यालो
र बेलुका पस्किन्छिन् मनभरी रहरहरु।
तर आकाशमा हाच्छयूँ काढ्दै हिँड्ने त्रासको छायाँ देखेर
घरमा चाख्दैनन् कोही ति रहरहरु,
र बोल्दिनन् मेरी आमा पनि।
रोहिणी खोलाको पश्चिम आइपुग्दैन कि घाम भनेर
प्रत्येक दिन घामलाई काँधमा हालेर हिँड्छन् मेरा बा
र बेलुका टुकीमा बिसाउँछन् उज्यालो।
गाउँमा हाच्छयूँ काढ्दै हिँड्ने त्रासको छायाँ देखेर
बल्दैनन् टुकीहरु
र बोल्दैनन् मेरा बा पनि।
छेउमा उभिएकी मेरी छोरीको मनमा
अहिले अनेक प्रश्नहरु छन्—
—किन बोल्दैनन् यहाँ देउताहरु?
—किन बोल्दैनन् उसका हजुरबुवा र हजुरआमाहरु?
उसलाई थाहा छैन
सोध्नु हुन्छ कि हुन्न प्रश्नहरु
त्यसैले पोतिदिन्छे आखाँमा ति सवालहरु।
यतिबेला नजिकै गाँउको इदगाहमा
नमाजको तयारी गरिरहेछन् मानिसहरु।
अहिले म छोरीलाई प्रश्न नसोध भन्न सक्तिन
नमाज पढ्न लागेका ति मानिसहरुलाई
भक्ति र प्रेमको त्यो गीत रोक भन्न सक्तिन।
आफूभित्र एउटा विश्वास जगाउँछु
र पर्खन्छु समय
जहाँ
अहम्का गोलाहरु प्रक्षेप गरेर आकाशभरी
गाउँमा हाच्छयूँ काढ्दै हिँडेका त्रासका छाँयाहरु
चिरिन्छन् प्रश्नका चट्याङ्गहरुले
र, हराउँछन् प्रेमको उज्यालोमा।
Comments
Post a Comment