केशव सिग्देल संयुक्त राष्ट्र संघको महासभाले १९९३मा मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने निर्णय गरेपछि यो दिवसको सेरोफेरोमा संसारभरि नै प्रेस स्वतन्त्रतका सम्बन्धी छलफल र परम्परागत शैलीका समारोहहरु भइनै रहेका हुन्छन् । तर संसारभरि लोकतन्त्र र मानवअधिकारको लागि विभिन्न राजनैतिक परिवर्तनहरु भएपनि मौलिक अधिकारहरुमाथि धावा बोल्ने क्रम रोकिएको छैन । अमेरिका देखि भारतसम्म र हाम्रै देशमा पनि प्रेसलाई नियन्त्रण गर्ने सरकारी र गैरसरकारी प्रयत्नहरु भइ नै रहेका छन् । नेपालमा हालसालै अनलाइन मिडिया संचालन सम्बन्धी निर्देशिकाबाट प्रकाशन पूर्व नै सामाग्रीमा सेन्सरसिप लागू गर्ने आशय देखिए पछि त्यसको विरोध भएको थियो । पछिल्लो समय सरकारले सार्वजनिक विरोध प्रदर्शन स्थालहरुलाई पनि सिमित गर्ने प्रयास शुरु गरेको छ । अब के बोल्ने, कहाँ बोल्ने भन्ने कुरा सबै प्रशासनकै खटनपटनमा बोल्नु लेख्नुपर्ने अवस्थाको सृजना गर्न खोजिएको हो भने अभिव्यक्तिको अखण्डित संवैधानिक अधिकारको सुरक्षा पनि उत्तिकै पेचिलो विषय बनेको छ । सरकारले जनतालाई सहि सूचना दिन नखोज्ने र सूचना दिने व्यक्ति वा मिडियालाई विभिन्न...
The Way I See the World