Skip to main content

द पोष्ट: प्रेसको सिमा र शक्तिको कथा

केशव सिग्देल

संयुक्त राष्ट्र संघको महासभाले १९९३मा मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने निर्णय
गरेपछि यो दिवसको सेरोफेरोमा संसारभरि नै प्रेस स्वतन्त्रतका सम्बन्धी छलफल र परम्परागत शैलीका समारोहहरु भइनै रहेका हुन्छन् । तर संसारभरि लोकतन्त्र र मानवअधिकारको लागि विभिन्न राजनैतिक परिवर्तनहरु भएपनि मौलिक अधिकारहरुमाथि धावा बोल्ने क्रम रोकिएको छैन । अमेरिका देखि भारतसम्म र हाम्रै देशमा पनि प्रेसलाई नियन्त्रण गर्ने सरकारी र गैरसरकारी प्रयत्नहरु भइ नै रहेका छन् ।

नेपालमा हालसालै अनलाइन मिडिया संचालन सम्बन्धी निर्देशिकाबाट प्रकाशन पूर्व नै सामाग्रीमा सेन्सरसिप लागू गर्ने आशय देखिए पछि त्यसको विरोध भएको थियो । पछिल्लो समय सरकारले सार्वजनिक विरोध प्रदर्शन स्थालहरुलाई पनि सिमित गर्ने प्रयास शुरु गरेको छ । अब के बोल्ने, कहाँ बोल्ने भन्ने कुरा सबै प्रशासनकै खटनपटनमा बोल्नु लेख्नुपर्ने अवस्थाको सृजना गर्न खोजिएको हो भने अभिव्यक्तिको अखण्डित संवैधानिक अधिकारको सुरक्षा पनि उत्तिकै पेचिलो विषय बनेको छ । सरकारले जनतालाई सहि सूचना दिन नखोज्ने र सूचना दिने व्यक्ति वा मिडियालाई विभिन्न कानूनी प्रावधानका आधारमा दण्डित गर्ने र निरुत्साहित गर्ने प्रयत्न झन् बढ्दै गइरहेको छ । यसै सन्दर्भमा यस आलेखमा सन् २०१७ मा निर्मित स्टेभेन स्पेलबर्गको द पोष्ट नामक फिल्मले प्रेस स्वतन्त्रताको सिमा र शक्तिको विषयलाई कसरी उठाएको छ र हाम्रो सन्दर्भका त्यो कसरी सान्दर्भिक छ भनेर छलफल गर्ने प्रयास गरिएको छ ।
द पोष्टको कथानक लिस हाना र जोस सिंगरले तयार गरेका थिए । फिल्ममा क्याथरिन ग्राहाम एक अमेरिकी पत्रिकाकी पहिलो महिला प्रकाशक हुन्छिन् र ब्रेन ब्राड्ली त्यसको कार्यकारी सम्पादक । कथाले १९७१को सेरोफेरोको समयलाई समातेको छ जसले भियतनाम अमेरिका युद्धका बारेमा अमेरिकी सरकारले आफ्ना जनतालाई ढाँटेर गलत सूचना दिएको सम्बन्धी विषयलाई उजागर गरेर जनताको सत्य जान्न पाउने अधिकारलाई सुरक्षित गर्न प्रेसले गरेको प्रयासलाई समेटेको छ ।

कथा अनुसार डानियस एल्सबर्ग नामक एकजना सैन्य विश्लेषकले भियतनाममा अमेरिकी सेनाले हार्ने निश्चित भएको पहिले नै थाहा हुँदा हुँदै पनि अमेरिकाले निरन्तर सेना पठाएको सम्बन्धी गोप्य दस्तावेज द न्यूयोर्क टाइम्सलाई चुहाएको घटना देखाइएको छ । भियतनाम युद्ध सम्बन्धी त्यो “युनाइटेड स्टेट्सभियतनाम रिलेसन्स १९४५१९६७” शिर्षकको प्रतिवेदन अमेरिकी इतिहासमा पेन्टागन पेपर्सका नामले प्रख्यात छ । तर सरकारले कानून बमोजिम गोप्य भनि वर्गिकृत कागजातहरु छाप्न नमिल्ने प्रावधानका आधारमा अदालती आदेश मार्फत् त्यसको प्रकाशनलाई रोक्न सफल हुन्छ ।

न्यूयोर्क टाइम्सलाई समाचार छाप्न रोक लागेपछि द वासिङटन पोष्टका पत्रकार बेन बाग्दाकियनले त्यो कागजात चुहाउने स्रोत पत्ता लगाएर फेरी ति गोप्य कागजातहरु आफ्नो सम्पादक र प्रकाशककहाँ पुर्याउँछन् । त्यसपछि प्रकाशक र सम्पादकका अगाडी अब अदालतले नै गोप्य मानिएको सरकारी दस्तावेज नछाप्नु भनि दिएको आदेशको उल्लंघन गर्दा प्रकाशन गृह नै बन्द हुनसक्ने एउटा स्थिति र करोडौं अमेरिकी जनताले भियतनाम युद्धको सच्चाइ जान्न पाउने अधिकार अर्कोतिर रहन्छ । आफ्ना बाबु र लोग्ने दुबैको मृत्युपछि प्रकाशकको अभिभारा सम्हालिरहेकी पोष्टकी प्रकाशक क्याथरिनलाई यो कथा छाप्ने निर्णय लिन निकै ठूलो चुनौती देखिन्छ ।

उनको पत्रिकाका पुरुष सम्पादकको दबाब, र उनका साथी रक्षा सचिव म्याक नमारा आदिको चेतावनीका बाबजुद उनले प्रेसको शक्ति र सामथ्र्यको मानक स्थापित गर्ने गरि जोखिम लिन तयार भएर त्यो कथालाई छाप्ने निर्णय गर्छिन् । त्यसपछि यो घटना अमेरिकी सर्वोच्च अदालत सम्म पुग्छ । अमिरीकी इतिहासको सत्य घटनामा आधारित यस फिल्मले अमेरिकी सर्वोच्च अदालतले प्रेस स्वतन्त्राको दायरको बारेमा गरेको निरुपणलाई महत्वका साथ देखाएको छ । उक्त फैसलाले प्रेस स्वतन्त्रताको इतिहासमा एउटा नयाँ मूल्य स्थापित गर्न सफल भएको छ । पहिलो, प्रेसलाई नियमन गर्ने कानूनहरु प्रेसलाई प्रकाशनपूर्व नै कुनै सेन्सरसिप लगाउन नमिल्ने नजिर त्यसले स्थापित गरिदियो । दोस्रो, सरकारहरु प्रशासन संयन्त्रहरु प्रयोग गरेर जनताप्रतिको जवाफदेहिताबाट पन्छिन खोज्छन् जसलाई जिम्मेवार बनाउने शक्ति र दायित्व प्रेसमा छ भन्ने कुरालाई पनि प्रष्ट गरिदियो । 

पछिल्लो समय प्रेस आफैं एउटा शक्तिको रुपमा रहेको तथ्यलाई स्वीकार गरेर यसलाई चौथो अंग भन्ने गरेको पाइए पनि सरकारहरु अनुदार हुँदै गइरहेको र आफू अनुकूल नहुँदा प्रेसलाई अंकुश लगाउने प्रयास भइरहेको देखिन्छ । विभिन्न मुलुकहरुमा अभिब्यक्तिको स्वतन्त्रता अन्तर्गत प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारको रुपमा संवैधानिक रुपमा सुरक्षित गरिएको त छ । तर प्रेसले आफ्नो शक्तिलाई उचित माध्यमबाट परिचालन गर्न नसक्दासम्म त्यसको आवश्यकताको बोध आम मानिसहरुले गर्न सक्दैनन् । र सरकारले विभिन्न बाहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गरिरहन्छ । अहिलेको जस्तो भिज्युल कल्चर (दृष्य संस्कृति)को युगमा मानिसहरुलाई छिटो प्रभावित पार्ने शसक्त माध्यम मध्ये फिल्म पनि एक हो । त्यसैले संविधान प्रदत्त नागरिक अधिकारको बहाली र उपभोगका लागि पनि जनस्तरमा चेतना अभिवृद्धि गर्न फिल्महरु बलिया माध्यम हुन सक्छन् ।
विश्व परिदृष्यलाई हेर्ने हो भने पत्रकारितालाई कथानाक बनाएर उल्लेख्य संख्यामा फिल्महरु बनेका देखिन्छन् । ओर्सन वेल्सको सिटिजन केन (१९४१), एलन जे पाकुलाको अल द प्रेसिडेन्ट्स मेन (१९७६), टम म्याककार्थीको स्पटलाइट (२०१५) केही चर्चित उदाहरण हुन् । भारतीय फिल्म उद्योगमा पनि पत्रकारिताको सेरोफेरोमा मूलधारका फिल्म बन्ने क्रम बढेको छ । नाम चलेका त्यस्ता भारतीय फिल्महरुमा मधुर भण्डारकरको पेज थ्री (२००५), अनुषा रिजभीको पिप्ली लाइभ   (२०१०), गोपाल बर्माको रण (२०१०), एस.शंकरको नायक (२००१) आदि पर्छन् । पत्रकारितालाई नै मूल कथावस्तु बनाएर अहिले सम्म नेपाली फिल्म निर्माण भएको देखिन्न । नेपाली फिल्म उद्योगमा सक्रिय निर्माता, निर्देशक र स्क्रिप्ट लेखकका लागि विषयवस्तुको हिसाबले यो एउटा नयाँ प्रयोगको क्षेत्र हुन सक्छ । सँगसँगै त्यसले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आम मानिसहरुमा चेतना अभिवृद्धि गर्न पनि सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।

Read the article at Gorkhapatra Online

Comments

Popular posts from this blog

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

Earthquake

by KESHAB SIGDEL The ground beneath the feet shakes Windowpanes swing with dooming creaks And where I live soon turns into a dancing house Before I connect any of these episodes of a                  rallying terror! Is it the life we love? Is it the death we fear? Sorry, it’s not the time to contemplate; But I see my dear ones run even when I am here Lovers, friends, parents and everyone who can They run and jump, and stroll and creep To make a sense of their being Through the last long breath they inhale.  I am stranded here in the crumbles of the razed house I’m no more a lover or a friend, but a sufferer. Sanity is a word of mockery — Vanity is not yet thought of — It doesn't matter if I want to go to them Or if they want to come to me in a new incarnation With a rescue plan, with cheer groups around, And the flashes and the annoying selfie-shutters.   Thanks God, I got to see the...