Skip to main content

Posts

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि हराउन पनि सक्छन
Recent posts

Open Call for Poetry on "Madness"

  World Poetry Movement - Nepal , in collaboration with RedPanda Books , a publication partner in Kathmandu, is soliciting poems from poets around the world on the theme of madness for a global poetry anthology. It is our pleasure that Society of Nepali Writers in English, Foundation of SAARC Writers and Literature, Asian Center for Humanities, 100 Thousand Poets for Change, and Movimiento Poetas del Mundo have also joined us as our poetry partners.   Why poetry on madness? The earth is our common home. Mountains, rivers, land, and the political and economic system governing this world should have been used for the benefit of all living beings including humankind. But, the reality is scarily different! World political leaders have turned into power mongers. Economic and social systems have been largely manipulated by the capitalists in their cravings for profits. Unstoppable desires for physical development have led to the destruction of natural ecology resulting in depletion of o

दलित मार्कर खारेजीको प्रस्ताव

दलित मार्कर खारेजीको प्रस्ताव : यो लेखको शिर्षक पढ्नासाथ धेरैलाई यो प्रस्ताव वाहियात वा चिन्तनको दरिद्रताको द्योतक जस्तो लाग्न सक्छ ....

झ्याल बाहिर

निबन्ध केशव सिग्देल म बस्ने कोठाको पूर्वी मोहोडाबाट एउटा बाटो हिँड्छ । झ्यालबाट म त्यो बाटो भएर गुज्रिने समयको राप र तापको भावभङ्गि हेर्छु । मानिसका मुर्झाइरहेका सपना, सुस्केरा र विस्मात् पनि देख्छु । ति र त्यस्ता अनेकौं भाव र दृष्यहरु त्यो बाटो भएर ओहोरदोहोर गरिरहन्छन् । एक हिसाबले आउँछन् र हराउँछन् । कहिले काँही कुनै घटना वा भावले उद्वेलित गर्छन् र ति दृष्यहरु मेरो दृष्यपटलका आकास्मिक नियमितता भएर गुज्रिरहन्छन् । झ्याल बाहिरको त्यो राग र त्यसको प्रभाव झ्यालभित्र पनि महशुस हुन्छ । सोच्दा सोच्दै कुनै समय म स्वयम् त्यही सडक भइदिन्छु । र मानिसहरुको त्यो चाप, त्यो दबाब मेरै शरिरमा उत्पन्न हुन्छ । त्यो तापले शरिरको चिन्तनधारालाई ब्युँताइदिन्छ र म विचारोत्तेजित एउटा फिलोङ्गो हुन्छु । त्यो फिलिङ्गोले मेरो आसपासमा रहेका सबै बस्तुहरु अब वस्तु नभएर मेरो मानस भवका, मेरो चिन्तन मण्डलका सामल हुन विवश हुन्छन् । भावनाजन्य अनेक प्रकारका यस्ता झञ्झावात् मसम्म आइपुग्न यही झ्याल दोषी छ कि जस्तो पनि लाग्छ । तर दृष्य वा विचार झ्याल वा ढोका भएर मात्रै हिँडेका त अवश्य हुँदैनन् । त्यो त एउटा संजोग हो ।

लकडाउन डायरी

केशव सिग्देल उन्नाईस वर्षदेखि म बसिरहेको यो कोठा किन हो मलाई आज अनौठो लागिरहेछ । अस्ति अस्तिका विहानहरुमा अलार्म घण्टी बजिरहन्थ्यो म कोल्टो फेरेर सुतिरहन्थें जब समय घर्किसक्थ्यो काममा निस्कने हतारोमा सिङ्गै कोठा एउटा भित्तो बन्थ्यो भित्तो एउटा घडी बनेर झुण्डिन्थ्यो र त्यो घडी अत्तालिएको आफ्नै छाती हुन्थ्यो । हिजोआज, मलाई कतै जानु छैन सकिहाल्नु पर्ने जरुरी कुनै काम छैन चिया खानुभो भन्दै सोध्न आइपुग्ने छिमेकी पनि गेटमा प्रवेश निषेधको सूचना टाँसेर आँफैलाई घरमा थुनिबसेका छन् आजकाल घडीमा अलार्म लगाउन छोडिदिएको छु तैपनि सुईंको टिकटिक शहरको कोलहाल जस्तो भएर कोठमा गुन्जिरहन्छ । विहान उठेर बाथरुममा छिर्छु सावर ह्याण्डलबाट तपतप पानी चुहिरहेछ छचल्किएका थोपाका छिर्काले छोइएपछि हतमा एकाएक ससाना काँडा उम्रिन्छन् ति थोपाहरुले मनको तलाउमा निरन्तर तरङ्ग बनाइरहन्छन् म हात धुन साबुन पानी लगाउँछु गाजको आकाशमा फोका जस्ता ससाना तारा उदाउँछन् भेन्टिलेशनबाट छिरेको घामले ति फोकामा ससाना इन्द्रेणी पोतिदिन्छ  ढोकाको कापबाट कमिलाको एउटा लर्को मैले थाहा नपाएको ठाउँसम्मको यात्रा

चराहरुको जुलुस

केशव सिग्देल कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट म खोजिरहेछु शक्तिको नाभीस्थान । देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट विवश भएर म हेरिरहेछु कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर, दरबार जस्तो गुफा मात्र । शाक्तिको उन्मादमा एउटा बुढो सिंह आफूलाई त्यो दरबारको राजा घोषित गर्छ र आफ्नो भोक तृप्तीका लागि हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई एक एक गरी खाने कानून बनाउँछ । भय र सन्तापमा परेका जीवहरु बिरोधमा बोल्न सकेका छैनन् । दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन् त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु । देबढोका पश्चिमको गुम्बामा डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ, सायद गुम्बाका भिक्षुहरु निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् । गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ बालकथाका खरायो मन्दिरको खापामा राखिएको तरवार झिकेर देव पुखूमा पखालिरहेछ हारेको युद्धका खाटाहरु । विवेक वर्जित गरिएको शहरमा फेरी बिरोधक