केशव सिग्देल
कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला
र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट
म खोजिरहेछु शक्तिको नाभीस्थान ।
देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट
विवश भएर म हेरिरहेछु
कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय
र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु
अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर,
दरबार जस्तो गुफा मात्र ।
शाक्तिको उन्मादमा एउटा बुढो सिंह
आफूलाई त्यो दरबारको राजा घोषित गर्छ
र आफ्नो भोक तृप्तीका लागि
हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई
एक एक गरी खाने कानून बनाउँछ ।
भय र सन्तापमा परेका जीवहरु
बिरोधमा बोल्न सकेका छैनन् ।
दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र
सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन्
त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु ।
देबढोका पश्चिमको गुम्बामा
डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ,
सायद गुम्बाका भिक्षुहरु
निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् ।
गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ
बालकथाका खरायो
मन्दिरको खापामा राखिएको तरवार झिकेर
देव पुखूमा पखालिरहेछ
हारेको युद्धका खाटाहरु ।
विवेक वर्जित गरिएको शहरमा
फेरी बिरोधका स्वर घन्किदैं जान थालेपछि
यसबेला म देखिरहेछु
दरबार जस्तो त्यो गुफा
दम्भको दलदलमा आफैं भाँसिदै गइरहेछ
र भद्रकाली मन्दिरपट्टीबाट आइरहेछ
खरायो, मृग र चराहरुको एउटा नयाँ जुलुस ।
कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला
र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट
म खोजिरहेछु शक्तिको नाभीस्थान ।
देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट
विवश भएर म हेरिरहेछु
कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय
र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु
अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर,
दरबार जस्तो गुफा मात्र ।
शाक्तिको उन्मादमा एउटा बुढो सिंह
आफूलाई त्यो दरबारको राजा घोषित गर्छ
र आफ्नो भोक तृप्तीका लागि
हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई
एक एक गरी खाने कानून बनाउँछ ।
भय र सन्तापमा परेका जीवहरु
बिरोधमा बोल्न सकेका छैनन् ।
दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र
सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन्
त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु ।
देबढोका पश्चिमको गुम्बामा
डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ,
सायद गुम्बाका भिक्षुहरु
निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् ।
गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ
बालकथाका खरायो
मन्दिरको खापामा राखिएको तरवार झिकेर
देव पुखूमा पखालिरहेछ
हारेको युद्धका खाटाहरु ।
विवेक वर्जित गरिएको शहरमा
फेरी बिरोधका स्वर घन्किदैं जान थालेपछि
यसबेला म देखिरहेछु
दरबार जस्तो त्यो गुफा
दम्भको दलदलमा आफैं भाँसिदै गइरहेछ
र भद्रकाली मन्दिरपट्टीबाट आइरहेछ
खरायो, मृग र चराहरुको एउटा नयाँ जुलुस ।
Comments
Post a Comment