केशव सिग्देल
उन्नाईस वर्षदेखि
म बसिरहेको यो कोठा
किन हो मलाई आज अनौठो लागिरहेछ ।
अस्ति अस्तिका विहानहरुमा
अलार्म घण्टी बजिरहन्थ्यो
म कोल्टो फेरेर सुतिरहन्थें
जब समय घर्किसक्थ्यो
काममा निस्कने हतारोमा
सिङ्गै कोठा एउटा भित्तो बन्थ्यो
भित्तो एउटा घडी बनेर झुण्डिन्थ्यो
र त्यो घडी अत्तालिएको आफ्नै छाती हुन्थ्यो ।
हिजोआज,
मलाई कतै जानु छैन
सकिहाल्नु पर्ने जरुरी कुनै काम छैन
चिया खानुभो भन्दै सोध्न आइपुग्ने छिमेकी पनि
गेटमा प्रवेश निषेधको सूचना टाँसेर
आँफैलाई घरमा थुनिबसेका छन्
आजकाल घडीमा अलार्म लगाउन छोडिदिएको छु
तैपनि सुईंको टिकटिक
शहरको कोलहाल जस्तो भएर कोठमा गुन्जिरहन्छ ।
विहान उठेर बाथरुममा छिर्छु
सावर ह्याण्डलबाट तपतप पानी चुहिरहेछ
छचल्किएका थोपाका छिर्काले छोइएपछि
हतमा एकाएक ससाना काँडा उम्रिन्छन्
ति थोपाहरुले मनको तलाउमा
निरन्तर तरङ्ग बनाइरहन्छन्
म हात धुन साबुन पानी लगाउँछु
गाजको आकाशमा
फोका जस्ता ससाना तारा उदाउँछन्
भेन्टिलेशनबाट छिरेको घामले
ति फोकामा ससाना इन्द्रेणी पोतिदिन्छ
ढोकाको कापबाट कमिलाको एउटा लर्को
मैले थाहा नपाएको ठाउँसम्मको यात्रामा निस्किन्छन्
मानौ ति भोकले लखेटिएर गाउँ फर्किदैं गरेका मानिसहरु हुन्
ह्याङगरमा झुण्डीरहेछ
फेर्न नभ्याएको एउटा पुरानो तौलिया
मनमा घुमिरहेको चर्खामा बेरिएर
ठाउँठाउँमा उध्रिएको तौलियाको धागो जस्तै
म आफैं उध्रिदैं गइरहेछु ।
आफ्नै कोठाका यिनै भित्ताहरु हेरेर
कयौं पटक म निराशामा टोलाएको थिएँ
त्यही भित्तामा उन्मादले ठोकेको थिएँ मुठ्ठी
तर अफसोच्
कहिल्यै ध्यानमा आएनछ
भित्ताको रङ्ग ।
भित्तो र छत जोडिने एक ठाउँमा
माकुराले बनाएको छ एउटा छुट्टै साम्राज्य
आफ्नै साम्राज्यको राजमार्ग हुँदै
ऊ अहिले मतिरै दौडिरहेछ
मानौ, मलाई केही सोध्न खोजिरहेछ–
कसरी छोपियो यो भित्ताको रङ्ग
जसै थुप्रिदैं गयो मनमा लोभको मयल?
टेबुलमा
फूलहरु मुर्झाएका छन्
कयौं दिनदेखि मलाई नै पर्खिरहेछन् जसरी ।
फूलका पत्रहरुमा
समयका छिर्का यसरी टाँसिएका छन्
मानौं, चाल्नोले
धुलोको रङ्गोली बनाइरहेछ यहाँ कोही
¥याकका किताबहरुको क्षेत्रपति भएर
कुन साधनाको बलमा त्यो धमिरो यहाँ बसिरह्यो होला ?
इन्टरनेटको तार र लुगाको पुरानो गुन्टा ठाउँठाउँमा चपाउँदै
यि मुसाहरुको शासन कहिलेदेखि चल्यो होला ?
पहिले पहिले, म नउठ्दै जवान भइसक्ने घाम
स्कूल जान मन नलागेको बालक झैं
के कारणले सुस्त घिसारिरहेछ आफ्ना पाइला ?
निरन्तर चलेर पनि यो घडी
हरपल किन गुमाइरहेछ समयको अर्थ ?
उन्नाईस वर्ष चुपचाप बसेको यो कोठा
किन तोडिरहेछ आफ्नो मौनता
र भइरहेछ वाचाल ?
२०७७ वैशाख ७
उन्नाईस वर्षदेखि
म बसिरहेको यो कोठा
किन हो मलाई आज अनौठो लागिरहेछ ।
अस्ति अस्तिका विहानहरुमा
अलार्म घण्टी बजिरहन्थ्यो
म कोल्टो फेरेर सुतिरहन्थें
जब समय घर्किसक्थ्यो
काममा निस्कने हतारोमा
सिङ्गै कोठा एउटा भित्तो बन्थ्यो
भित्तो एउटा घडी बनेर झुण्डिन्थ्यो
र त्यो घडी अत्तालिएको आफ्नै छाती हुन्थ्यो ।
हिजोआज,
मलाई कतै जानु छैन
सकिहाल्नु पर्ने जरुरी कुनै काम छैन
चिया खानुभो भन्दै सोध्न आइपुग्ने छिमेकी पनि
गेटमा प्रवेश निषेधको सूचना टाँसेर
आँफैलाई घरमा थुनिबसेका छन्
आजकाल घडीमा अलार्म लगाउन छोडिदिएको छु
तैपनि सुईंको टिकटिक
शहरको कोलहाल जस्तो भएर कोठमा गुन्जिरहन्छ ।
विहान उठेर बाथरुममा छिर्छु
सावर ह्याण्डलबाट तपतप पानी चुहिरहेछ
छचल्किएका थोपाका छिर्काले छोइएपछि
हतमा एकाएक ससाना काँडा उम्रिन्छन्
ति थोपाहरुले मनको तलाउमा
निरन्तर तरङ्ग बनाइरहन्छन्
म हात धुन साबुन पानी लगाउँछु
गाजको आकाशमा
फोका जस्ता ससाना तारा उदाउँछन्
भेन्टिलेशनबाट छिरेको घामले
ति फोकामा ससाना इन्द्रेणी पोतिदिन्छ
ढोकाको कापबाट कमिलाको एउटा लर्को
मैले थाहा नपाएको ठाउँसम्मको यात्रामा निस्किन्छन्
मानौ ति भोकले लखेटिएर गाउँ फर्किदैं गरेका मानिसहरु हुन्
ह्याङगरमा झुण्डीरहेछ
फेर्न नभ्याएको एउटा पुरानो तौलिया
मनमा घुमिरहेको चर्खामा बेरिएर
ठाउँठाउँमा उध्रिएको तौलियाको धागो जस्तै
म आफैं उध्रिदैं गइरहेछु ।
आफ्नै कोठाका यिनै भित्ताहरु हेरेर
कयौं पटक म निराशामा टोलाएको थिएँ
त्यही भित्तामा उन्मादले ठोकेको थिएँ मुठ्ठी
तर अफसोच्
कहिल्यै ध्यानमा आएनछ
भित्ताको रङ्ग ।
भित्तो र छत जोडिने एक ठाउँमा
माकुराले बनाएको छ एउटा छुट्टै साम्राज्य
आफ्नै साम्राज्यको राजमार्ग हुँदै
ऊ अहिले मतिरै दौडिरहेछ
मानौ, मलाई केही सोध्न खोजिरहेछ–
कसरी छोपियो यो भित्ताको रङ्ग
जसै थुप्रिदैं गयो मनमा लोभको मयल?
टेबुलमा
फूलहरु मुर्झाएका छन्
कयौं दिनदेखि मलाई नै पर्खिरहेछन् जसरी ।
फूलका पत्रहरुमा
समयका छिर्का यसरी टाँसिएका छन्
मानौं, चाल्नोले
धुलोको रङ्गोली बनाइरहेछ यहाँ कोही
¥याकका किताबहरुको क्षेत्रपति भएर
कुन साधनाको बलमा त्यो धमिरो यहाँ बसिरह्यो होला ?
इन्टरनेटको तार र लुगाको पुरानो गुन्टा ठाउँठाउँमा चपाउँदै
यि मुसाहरुको शासन कहिलेदेखि चल्यो होला ?
पहिले पहिले, म नउठ्दै जवान भइसक्ने घाम
स्कूल जान मन नलागेको बालक झैं
के कारणले सुस्त घिसारिरहेछ आफ्ना पाइला ?
निरन्तर चलेर पनि यो घडी
हरपल किन गुमाइरहेछ समयको अर्थ ?
उन्नाईस वर्ष चुपचाप बसेको यो कोठा
किन तोडिरहेछ आफ्नो मौनता
र भइरहेछ वाचाल ?
२०७७ वैशाख ७
Comments
Post a Comment