छायाँ
आफैं एउटा सत्य हो, र
फरक सत्यको प्रतिबिम्ब पनि ।
जीवनको लिङ्गो
आफैं छायाँमय छ
–मच्चिन्छ
–थच्चिन्छ
र, निवृत्त हुन्छ
छायाँकाशबाट ।
त्यतिन्जेल
हामी भ्रम हुर्काइरहेका हुन्छौँ
छायाँमा ÷ प्रतिछायाँमा ।
सपना।संवाद
सत्यसँग असत्यको
चेष्टासहित÷ चेष्टारहित ।
त्यहाँ यथार्थको मानक पनि छायाँ हुन्छ
भ्रमको मानक पनि छायाँ हुन्छ .
छायाँ आफैं छायाँविहिन हुन्छ
र, सकारण÷ अकारण
यथार्थ र भ्रमबीच
विभेद हराउँछ।
दूरी लोप हुन्छ ।
निवृत्त हुनु अघिका
क्रमागत बचाइहरू
त्यसैले।
यथार्थ र भ्रम जे बाँचे पनि)
सबै
सत्य हुन पनि सक्छन्
सत्य नहुन पनि सक्छन् ।
अकविता
१
द्रौपदीको
चीरहरण हेर्न लालयित भिष्मपितामहहरू
धर्मको नाउँमा
स्वेच्छिक मृत्युको
म्याद थपिरहेछन् ।
२
रावणसँग पल्केका सीताहरू
रामलाई वनवास होस् भनेर
देवीलाई कालो बोको भाकेका छन् ।
३
शान्तिको कामना गर्न
हिटलरको पटाक्षेप गराइयो
यो मध्यान्तर हो ।
४
भक्त बिरालोसँग तिर्थाटनका लागि निस्केका मुसाहरू
अझै घर फर्किएनन्
घरमा रडाको मच्चिएको छ ।
५
पोथीको भूमिका वदलिने मेसोमा
अन्योलमा परेका अण्डामाथि
भालेहरू ओथारो बसेका छन् ।
६
अङ्ग्रेजी नलेखेकोले
वेदव्यासलाई
सभ्यताको कठघरामा उभ्याइएको छ ।
७
ऋषिहरू
प्रजापतिलाई अग्निकुण्ड बनाउन लगाउँछन्
र, सतीदेवीलाई हामफाल्न उक्साउँछन् ।
८
मृत्युपछिको
भयले
उसले बाँच्ने निर्णय गरेको छ ।

फरक सत्यको प्रतिबिम्ब पनि ।
जीवनको लिङ्गो
आफैं छायाँमय छ
–मच्चिन्छ
–थच्चिन्छ
र, निवृत्त हुन्छ
छायाँकाशबाट ।
त्यतिन्जेल
हामी भ्रम हुर्काइरहेका हुन्छौँ
छायाँमा ÷ प्रतिछायाँमा ।
सपना।संवाद
सत्यसँग असत्यको
चेष्टासहित÷ चेष्टारहित ।
त्यहाँ यथार्थको मानक पनि छायाँ हुन्छ
भ्रमको मानक पनि छायाँ हुन्छ .
छायाँ आफैं छायाँविहिन हुन्छ
र, सकारण÷ अकारण
यथार्थ र भ्रमबीच
विभेद हराउँछ।
दूरी लोप हुन्छ ।
निवृत्त हुनु अघिका
क्रमागत बचाइहरू
त्यसैले।
यथार्थ र भ्रम जे बाँचे पनि)
सबै
सत्य हुन पनि सक्छन्
सत्य नहुन पनि सक्छन् ।

१
द्रौपदीको
चीरहरण हेर्न लालयित भिष्मपितामहहरू
धर्मको नाउँमा
स्वेच्छिक मृत्युको
म्याद थपिरहेछन् ।
२
रावणसँग पल्केका सीताहरू
रामलाई वनवास होस् भनेर
देवीलाई कालो बोको भाकेका छन् ।
३
शान्तिको कामना गर्न
हिटलरको पटाक्षेप गराइयो
यो मध्यान्तर हो ।
४
भक्त बिरालोसँग तिर्थाटनका लागि निस्केका मुसाहरू
अझै घर फर्किएनन्
घरमा रडाको मच्चिएको छ ।
५
पोथीको भूमिका वदलिने मेसोमा
अन्योलमा परेका अण्डामाथि
भालेहरू ओथारो बसेका छन् ।
६
अङ्ग्रेजी नलेखेकोले
वेदव्यासलाई
सभ्यताको कठघरामा उभ्याइएको छ ।
७
ऋषिहरू
प्रजापतिलाई अग्निकुण्ड बनाउन लगाउँछन्
र, सतीदेवीलाई हामफाल्न उक्साउँछन् ।
८
मृत्युपछिको
भयले
उसले बाँच्ने निर्णय गरेको छ ।
wow!! Touchy!!
ReplyDelete