न कविता लेख्न सजिलो छ न त्यसका बारेमा टिप्पणी लेख्न । उत्सर्जित समय कविता सङ्ग्रहको पाण्डुलिपिको विद्युतप्रति इमेलबाट प्राप्त गरेको धेरैदिनसम्म म एकप्रकारको असजिलोमा परेर अल्मलिएँ । कवितामाथि केही लेख्नु भन्ने आग्रह थियो । तर लेख्ने के< प्रकाशनको शुभकामना< तर त्यसका लागि पद प्रतिष्ठाका हिसाबले अरु नै कोही पात्र उपयुक्त हुनेछ । समालोचना लेखौ < श्रद्घाञ्जलीको रुपमा प्रकाशित हुन लागेको कृति यसका लागि उपयुक्त अवसर होइन कि भन्ने सोचेँ। त्यसैले अन्तिममा कवितामाथि आफ्नै नीजि भावना लेख्ने विचार गरेँ— टिप्पणीका रुपमा ।
त्यसपछि मैले कविताहरु पढेँ । लामो समय राजनीतिमा सक्रिय भएका स्वर्गीय शिवप्रसाद अर्यालले आफ्नो जीवनकालमा रचना गरेका चौवालिसवटा कविताहरुको सङ्ग्रह उत्सर्जित समय चेतना र अनुभूतिको सरल अभिव्यक्ति हो भन्ने मलाई लाग्यो । सङ्ग्रहमा परेका कविताहरm पढ्दा मलाई लाग्यो हामीले भोगेको समयको काव्यिक दस्तावेज हो यो सङ्ग्रह । मलाई लागिरहेथ्यो जुन अभाव र गरिबी हामीले अनुभव गर्यौँ, जुन भय र त्रासमा हामी बाँच्यौँ, जुन अन्योल र अनिश्चयताको हामी साक्षी भयौँ, जुन अव्यवस्था र विचलन हामीले भोग्यौँ, के यो समयमा कविता लेख्न सम्भव छ र< कवि अर्यालका रचना पढेपछि अहिले मलाई लाग्छ आफूलाई, आफ्नो परिवेश र समयलाई गहिरोसँग अनुभूत गर्न सक्दा त्यही गरिबी र अभाव कविता बन्दो रहेछ । त्यही अन्योल र अनिश्चयता पनि कविता बनिँदो रहेछ । मान्छे मरेको वा मारिएको कुरा अब समाचार बन्छ बन्दैन, तर त्यसले कवि संवेदनालाई भने गहिरोसँग छुँदो रहेछ । हिंसा म सम्झन्न चाहान्न । न कवि स्वयम् सम्झन चाहान्थे । तर समयको त्यो घाउ अहिले भयङ्कर शक्तिशाली कविता भएर आएको छ।
मलाई लाग्छ हामीले बाँचेको एउटा युग यि रचनाहरुमा अवतरित भएको छ । राजनीतिक विचलन, भ्रष्टाचार, सामाजिक विभेद, हिंसा, भय, असुरक्षा, अपमान, संवेदनाहीनता, सामाजिक÷ नैतिक मूल्यहरmको विघटन, स्वार्थ, घृणा र द्वेष कवितामा पढिने चित्रहरु हुन् । तर यो समयको अर्ध—चित्र हो । चित्रको अर्को पाटो छ । तरmणहरु छन् । शक्ति र सामथ्र्य छ । स्वाभिमान र मूल्यको निरन्तर लडाँई छ । निष्ठा र आदर्शहरु छन् । र एउटा बलियो दृढता र आशा छ । समयको यो अनुहार सुन्दर र प्रभावशाली छ । त्यसैले घोर निराशामा पनि मानिसहरु जीवन बाँच्ने कारण भेट्टाउँछन् । र कविको शक्ति, कविताको शक्ति यसैमा प्रमाणित हुन्छ ।
यस सङ्कलनमा परेका अधिकांश कविताहरm राजनीतिक अव्यवस्था र बेथितिका बारेमा लेखिएका छन् । स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत क्रियाशिल रहेका स्वर्गीय अर्यालका कवितामा राजनीतिक सचेतता प्रष्टै देखिन्छ । “लक्ष्य,” “अचेल आमा बिरामी छिन्,” “मेरो जागिरको पेटारो,” “नेपाली काङ्ग्रेस र विपि,” “प्रतिगमन,” “देश रोएको बेला,” र “बरवाद” जस्ता कविताहरु राजनीतिक चेतबाट ओतप्रोत छन् । उनी युवा शक्तिलाई सकारात्मक परिवर्तनको लागि उपयोग गर्नुको सट्टा ध्वंश र हिंसाका लागि दुरmपयोग गरिएकोमा आक्रोशित छन् । उनि सामाजिक विकृतिहरmको चर्चा गर्छन्, अव्यवस्था र वेथितिको कुरा गर्छन् तर निराश भने हुँदैनन् । उनी “अरुका विरुद्ध होइन÷ आफ्नै पछौटेपनका विरुद्ध” लड्न आह्वान गर्छन् । उनका कविताहरmमा नेपाली समाजमा मौलाउँदै गएको हिंसा र अमानवीयताका चित्रहरm मन हल्लाउने गरि आउँछन् ।
एउटा घाइते रुन्छ
आमाको काखमा ढली
पछ्याउँदै गएर हान्छौ
उसैको शिरमा गोली ।
-“छैन के ह्दय तिम्रो”_
हिंसा र ध्वंसले कसैलाई फाइदा पुर्याउँदैन भन्ने मान्यता राख्ने कवि उल्टै चोटिलो प्रश्न गर्छन्— “अरुको घर पोलेर÷ खरानी सिवा मिल्छ के<”
कवि आम मानिसहरmको पछौटेपनका विरुद्ध राष्ट्रिय जागरण चाहान्छन् । “निष्ठा,” “जवाफ भए भन,” “कम्मर तिमी कस,” “म बाँचिरहन सक्छु,” र “ऊ” जस्ता कविताहरु नैतिक÷ सामाजिक आदर्श र मूल्यमाथिका विमर्श हुन् । उनी कर्तव्यमा विश्वास राख्छन् । निष्ठामा रहन चाहान्छन् । र उज्यालो र समृद्घ भविष्यका लागि सबैलाई उत्प्रेरित गर्छन् । “निष्ठा” कवितामा उनी लेख्छन्— “फैलिएको गगन तल खेतमा लाही झुल्छ÷ पाखुराकै कसरत गरी पौरखी त्यहिँ भुल्छ।” स्वर्गीय अर्यालका कविताहरु समस्याहरmको सूची मात्रै प्रस्तुत गर्दैनन् समाधानका उपाय पनि सुझाउँछन् । नेपाली राजनीतिमा पछिल्लो समय धेरै चर्चा भइरहेको “सहमति र सहकार्य” को संस्कृतिको विकास गर्न उनले पनि आफ्ना कविताहरmमा आह्वान गरेका छन् ।
नेपाली काङ्ग्रेससँग सम्बद्व भएर लामो समय राजनीतिमा सक्रिय रहेका स्वर्गीय अर्याल आन्तरिक पार्टी जीवनका बारेमा पनि कवितामा खरो प्रस्तुत भएका छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजबादको आदर्शलाई नेतृत्वले दह्रोसँग आत्मसाथ गर्न नसकेको, निष्ठापूर्वक पार्टी सङ्गठनमा योगदान गरेका, जनान्दोलनमा आफूलाई होमेका जुझारु नेता कार्यकर्ताहरुको उचित मूल्याङ्कन नभएको र पार्टीभित्र चिल्ला र सुकिलाहरुको बोलवाला बढ्दै जाँदा त्याग गर्नेहरुको अवमूल्ययन भएको महशुस उनले गरेका छन् । “जवाफ भए भन” कवितामा उनी आफ्नो असन्तोष यसरी अभिव्यक्त गर्छन्–
ठोकेर हत्कडि नेल, चिस्यानमा सडेथे को<
बानेर मौलामा कतै, आहुतीमा चढे को<
जेलमा कोठरीभित्र आगोमा सेकिए कति<
पार्टीको खातिर कस्ले जोखिम उठायो कति<
नेपाली माटो, हावा, पानी र प्राकृतिक छटाहरmले उनलाई पनि नछोइरहन सकेन । “म हुन्छु पखेराहरुमा,” “देश नेपाल हुँ म,” “श्रृष्टि,” र “आऊ नव वर्ष नयाँ उमँग लिएर आऊ” जस्ता कविताहरुमा प्रकृति र देशप्रतिको प्रेम, त्यसको वर्णन र हर्षलाई अभिव्यक्ति दिएका छन् । “उत्सर्जित समय,” र “मान्छे” कवितामा उनी मानिसहरुमा हुने गरेको विभेद, विभेदले सिर्जना गरेको उत्पिडनको चर्चा गरेका छन् । प्रकृतिले कसैप्रति विभेद गरेको छैन तर मानिस किन यसो गर्छ भनि कवि मानवीय संकिर्णताको आलोचना गर्छन् ।
“उत्सर्जित समय” सङ्ग्रहको शिर्षक कविता हो । स्वतन्त्रता र नागरिक अधिकारका लागि कवि आफूले उत्सर्जन गरेको समयलाई स्मरण गर्न र कविप्रति श्रद्धा अर्पण गर्न यही शिर्षकलाई कृतिको नाम छनौट गरिएको छ । कवि आफैँले यो कृतिलाई के नाम दिन रुचाउँथे होला, सम्भवत यो प्रश्नको जवाफ अब कहिल्यै आउने छैन । तर विभिन्न चरणका जनान्दोलनहरुमा आम नेपाली जनताले देखेको सपना कहिले पुरा हुन्छ भन्ने कविको प्रश्नमा हाम्रो जवाफ के हुन सक्ला< म स्वयम् पनि अनुत्तरित छु । यो सङ्ग्रहले यसका सबै पाठकहरुलाई यो प्रश्नप्रति गम्भिर हुन र यसको उत्तर खोज्न अभिप्रेरित गर्न सकोस्, म यति मात्र कामना गर्न सक्दछु । र, स्वर्गीय कविप्रति हार्दिक शब्द–सम्मानका साथ अहिलेलाई यहीँ बिट मार्छु ।

Comments
Post a Comment