Skip to main content

Posts

सौदावाजीमा मानवीय संवेदना

(निबन्ध)  म भूईंमा ओछ्याइएको कार्पेटमा सिरानी राखेर पल्टिने तरखर गरिरहेको थिएँ । मोबाइल र  ल्याण्डलाइन टेलिफोनमा लगातार घण्टि बजिरह्यो । घडी हेरेको रातको ९.३५ बजेको रहेछ । यसै पनि दिउँसोमा बाहिरी काममा जाने व्यस्तता हुने भएकोले लेखपढ गर्न, इमेल र अन्य सामाजिक सञ्जालमा अपडेट हुन रातीको समय सदुपयोग गर्नु पर्ने भएकोले अपवाद वाहेक नियमित सुताइ अबेर नै हुने गर्छ । झन अहिले त वुवा स्वयं चुनावमा उमेदवार हुनुभएकोले आजकल नेताकार्यकर्तादेखि शुभेच्छुकहरुको उपस्थिति घरमा अबेरसम्म हुन्छ । चुनावी कार्यक्रमहरुको योजनामा छलफल हुन्छ । त्यसमाथि अनुमान, आँकलन र दाबाहरुको शिलशिला लामै चल्छ । त्यसैले पनि समय घर्किएको थाहा हुँदैन ।  कार्तिक २४ गते शम्सेरगंजको चुनावी कार्यक्रमबाट बुवा ढिलो गरि आउनुभएकाले अन्य दिनजस्तो कार्यकर्ता÷शुभेच्छुकहरुको भिड थिएन । आएका केही फर्किसकेका थिए । कोठाभित्र पसेको एकैछिनमा त्यो घण्टी बजेको थियो । बुवाले नै फोन उठाउनु भयो । रिसिभरको अर्कोपट्टीबाट बोलिरहेको अपरिचित महिला आवाज बाहिरैबाट मैले पनि सुनें । फोन राखेपछि थाहा भयो कचनापुरबाट कर्णाली चिसापानी वनभो...

युद्धको मूल्य

आँगनमा पहेँलपुर भएर फूलहरु फुलेका छन् । घरकी स्वास्नीमान्छे विहान उठ्छिन् र अन्दाजी दश वर्ष पहिले एक हुल मानिसहरुले घरबाट करकापमा लिएर गएका आफ्नो लोग्ने फर्कन्छन् कि भनेर आखाँले भ्याउन्जेलसम्म बाटोको शिरानतिर हेर्छिन् । पर्खन सक्ने जति उनले पर्खिइन् तर, अहँ म आँए भनेर लोग्ने फर्किएनन् । आँसुका अन्तिम नुनिला ढिक्का झरे बेहिसाब– अर्थहीन– र, अब उनले गर्न सक्ने एउटै कुरा बाँकी रह्यो– केवल सम्झना । उनी आफ्नो लोग्नेलाई सम्झन्थिन् करकापमा हुलको पछाडी लागेर घर छाड्नुअघि लोग्नेले आँगनमा रोपेका फूलहरुलाई टक लगाएर हेर्थिन् र, आँगनमा चहकिएका फूलहरुमा प्रतीक्षाको थप सामल भेट्थिन । हावाको झोक्कामा यौवनमै झर्ने फूलहरुले उनलाई नतर्साएका होइनन्; तर फूलमा पल्लवित भएर आउने नयाँ पालुवाहरु र, अनुपम महक सहितका कोपिलाहरुलाई देखेर आत्मानुभूतिमा उनी आफ्नो प्रतीक्षाको सीमालाई नविकरण गरिदिन्थिन् । फूलहरुसँगको लामो संसर्गपछि खोइ किन हो फूलहरु देखेर उनलाई आज एक्कासी छट्पटी भयो । त्यसमा उनले क्रुरताको छायाँ अनुभव गरिन्; पूर्वपट्टीबाट लहरीएर आएको हावाको लयमा लच्कीरहेका फूलहरुम...

At the Teashop

At the teashop They come every morning For yet another cup of tea After rounds of tea at their homes or elsewhere. There is nothing special here:   Yes, Mithila vaujau still remembers the etiquette of a business— She'll smile indiscriminately To anyone Who comes at her teashop Except those days When a customer picks up a paper At the teashop And recounts the news Of the scarcity of LP gas, Or increase in sugar price. They come and talk their business: Their new boss in the office, Or the communist party in the government. She has nothing to do with those talks But she still loves them Because she practices the business etiquette To love things That brings profit to her. 

कर्णालीको छेउछाउ

२००५ सालमा अछाममा जन्मिएर र त्यहि हुर्के बढेका र २०२९ पछि कैलालीलाई कर्मथलो बनाएका गगनसिंह थापाको कर्णालीको छेउछाउ (अनूभूति आख्यान) सार्वजनिक भएको छ । लेखकले यसमा आफ्नो बाल्यकालदेखि वर्तमानसम्मका विभिन्न घटना र भोगाइलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् । म आफैंले पनि देखे घुमेका ठाउँहरुको वर्णन गरिएको भएर पनि मलाई यसले बढि तानिरहेको हुनसक्छ । यो पुस्तक तीन किसिमले मलाई राम्रो लागिरहेकोछ । पहिलो, राणाशासनकोअन्त्यपछि त्यसको अवशेषको रुपमा रहेका सामाजिक संरचनाका साथै, शिक्षा, स्वास्थ्य, र सामाजिक जीवनका विभिन्न रोचक पक्षहरुको जानकारीलाई निजात्मक शैलीमा पाठकहरुलाई दिने काम यसले गरेको छ । खासगरी कर्णाली क्षेत्र (मध्य र सुदूरपश्चिमको पहाडी भेग)को बारेमा जानकारी दिने खालका साहित्य खासै उपलब्ध नभइरहेको अवस्थामा तत्कालिन कर्णालीक्षेत्रलाई बुझ्न यो उपयोगी हुने देखिन्छ । दोस्रा,े प्रजातन्त्रको प्राप्तिपछि पनि कर्णाली क्षेत्रको आर्थिक सामाजिक जीवन कसरी उही अभाव, गरिबी, बेरोजगारी, पछौटेपनमा सिमित भयो भन्ने समकालिन समाजको चित्र पनि यसले दिन्छ । राजनैतिक आन्दोलनहरुमा सक्रियतापूर्वक य...

फूलसँगको संशय

फूल आस्था हो, फुल्नु समर्पण हो; फूल फुल्छे, र सबैका लागि आफूलाई समर्पित गरिदिन्छे । त्यसपछि, हावाले- पानीले - उसलाई निर्लज्ज बलात्कार गरिरहन्छन् । तर, ऊ भने कुनै विरोध जनाउँदिन, वा विरोध जनाउने सामर्थ्य राख्दिन हावासँग- पानीसँग- र, स्विकार्छे गर्भाधान । तर, ती फूलहरूबाट के फूलहरू नै जन्मेलान् ? यो सिङ्गै प्रश्न अझै अनुत्तरित छ ।

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

समयकथा

समयले एउटा प्रश्न गर्यो– गुम्बामा शान्तिको प्रार्थनासभा चलाउन हतियार उज्याइरहेका तिमी को हौ ? यो सभ्यतामाथि गरिएको प्रश्न पनि हुन सक्छ अथवा, समयको आफ्नै कथा ।   + + + प्रश्नहरु आफैंमा केही होइनन् कसैले त्यसलाई प्रश्न नमानेसम्म उत्तर दिन आवश्यक नठानेसम्म कसैले प्रश्नहरुको स्वामित्व नलिएसम्म ति केवल झुक्किएर सुसेलिएका समयका आर्तस्वरहरु मात्र हुन जान्छन् । त्यो प्रश्न एकछिन् हावामा टक्क अडियो । त्यो प्रश्न अब प्रश्न नभएर समय आफ्नै विरुद्ध स्वाभाविक व्यङ्ग्य जस्तो विरोधसभामा दहन गर्न ठिक्क पारिएको पुतला जस्तो खिसिट्युरीमा फुस्किएको नमिठो हाँसो जस्तो प्रश्नभन्दा पनि असजिलो एउटा पहेली जस्तो थप प्रश्नहरुको आह्वान भएर आकाशमा अडिरह्यो ।   + + + गुम्बानजिकै तरवारमा शान लगाइरहेको एउटा भिक्षु ठूलै जिम्मेवारीले थिचिएर शिथिल भएजसरी विस्तारै उठ्छ, त्यो उज्याइएको धारलाई जाँच गर्न बुढी औंलाको पछिल्लो भागलाई धारमा छुवाएर टुप्पोदेखिे फेदसम्म झार्छ । केही निश्चिन्त भए झैं गुम्बाको चारैपट्टी आँखा दौडाउँछ, र मानौं खतरामा परेको गुम्बा र ऊ आँफै अब प...