Skip to main content

Posts

आत्मसंवाद

(निबन्ध) केशव सिग्देल ( Source: Nepal Kalasahitya Dot Com )      इम्याजिनेसन अर्थात् कल्पना । मलाई सधैँ लागिरहन्थ्यो यो जीवनमा धेरै सजिलोसँग गर्न सकिने एउटै मात्र काम कल्पना हो । तर वास्तविकता यति सरल रहेनछ । मनमा अनेक भावनाहरूले जुलुस चलाइरहँदा ति भावनाहरूमाथि नियन्त्रण गर्न , त्यसलाई व्यवस्थित गर्न र एउटा समुच्च कल्पनाको आकार दिन कठिन रहेछ । कल्पनाको तहमा विचारहरूमाथि मेडिटेसन गर्नु वा विमर्श गर्नु र ती विचारहरूलाई रङ्गहरूमा , अक्षरहरूमा वा विम्बहरूमा लिपिवद्ध गर्नु फरक मोर्चामा लडिने भिन्नै युद्धजस्ता हुँदा रहेछन्  ।      अहिले पनि म भावनाहरूमा मौन मेडिटेसन गरूँ या त्यसलाई सिर्जनात्मक क्यानभासमा लत्पताएर स्वतन्त्र अभिव्यक्तिको प्रयत्न गरूँ भनेर निर्णय गर्न सकिरहेको छैन । धेरै समयसम्म अनिर्णयको बन्दी रहनुका शुभाशुभ परिणामहरूपट्टि मनोगत कल्पना दौडाइरहेको छु , तर ती भवितव्यप्रति आश्वस्त बनाउन सकिरहेको छैन आफैलाई । त्यसैले आज आफैसँग मौन संवादका लागि तयार पारिरहेछु , र केही लेखकीय तुष्टिको कामना पनि गरिरहेछु ।      वि...

नागरिक अपेक्षाः उत्तरदायी सरकार

(नागरिक दैनिक, २०७० चैत २४ गते) २०६२ / ०६३को जनान्दोलन र त्यसको लगत्तै भएको वृहत शान्ति सम्झौतासँगै नेपाली राजनीतिले गणतन्त्रतर्फको ऐतिहासिक संक्रमण गर्यो। तर त्यो संक्रमणलाई व्यवस्थित गरेर नयाँ नियमित प्रक्रियालाई स्थापित गर्न नेपाली राज्य र राजनैतिक दलहरु अझैसम्म समर्थ भएका छैनन्। संक्रमणकाललाई व्यवस्थित गर्ने प्रमुख चारवटा कार्यभारहरु थिए — १) हतियार र लडाकाको व्यवस्थापन , २) संक्रमणकालिन न्याय व्यवस्थापन , ३) समावेशी राज्य पुनर्संरचना सहितको मानवअधिकारमा आधारित लोकतान्त्रिक संविधानको निर्माण , र ४) जनताप्रति उत्तरदायी जननिर्वाचित संसद र सरकार। हतियार व्यवस्थापन र निर्वाचित जनप्रतिनिधिमूलक संस्थाको स्थापनासँगै दुईवटा कार्यभारहरु पुरा भएकाले संक्रमण व्यवस्थापनको ५० प्रतिशत काम सम्पन्न भएको जस्तो देखिन्छ। तर यि दुईवटा कार्यहरु मूल कामका लागि वातावरण बनाउने र सहजीकरण गर्ने प्रबन्धसँग बढि सम्बन्धित थिए। संविधान बनाउने मूल कार्यभार बाँकी नै छ। संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न सर्वोच्च अदालतको विशेष निर्देश पछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजी सम्बन्धी आयोग निर्माणक...

Civility

(Poem) 1 They say you cannot call a hole a hole. But unfortunately, I said it. And they stared at me with all disgust. They cuddled on the shoulders, squeezed a little, Turned to each other, grinned a little (sorry, ‘smiled’ would be more appropriate a word!), blinked and muttered… Haven’t you read Freud? No sir…Yes sir... I didn't know what to answer. But they were kind to me. They took pain to explain everything: Hole, you know, is politically incorrect. That’s sexist, you know! It’s simply ‘an unoccupied space.’ ‘Oh, thank you sirs,’ I expressed my gratitude, But never dared to ask what they do with that ‘space’. 2 The restaurant tables were empty Except the sugar-pots and thin layers of dust on them. Few house-flies used liberty to swirl around And occasionally landed on the table to toss their ‘mouths.’ For me, it was enough to smile all alone! Oh, sorry… I didn't notice them, They’re already seated on the chairs. So...

सौदावाजीमा मानवीय संवेदना

(निबन्ध)  म भूईंमा ओछ्याइएको कार्पेटमा सिरानी राखेर पल्टिने तरखर गरिरहेको थिएँ । मोबाइल र  ल्याण्डलाइन टेलिफोनमा लगातार घण्टि बजिरह्यो । घडी हेरेको रातको ९.३५ बजेको रहेछ । यसै पनि दिउँसोमा बाहिरी काममा जाने व्यस्तता हुने भएकोले लेखपढ गर्न, इमेल र अन्य सामाजिक सञ्जालमा अपडेट हुन रातीको समय सदुपयोग गर्नु पर्ने भएकोले अपवाद वाहेक नियमित सुताइ अबेर नै हुने गर्छ । झन अहिले त वुवा स्वयं चुनावमा उमेदवार हुनुभएकोले आजकल नेताकार्यकर्तादेखि शुभेच्छुकहरुको उपस्थिति घरमा अबेरसम्म हुन्छ । चुनावी कार्यक्रमहरुको योजनामा छलफल हुन्छ । त्यसमाथि अनुमान, आँकलन र दाबाहरुको शिलशिला लामै चल्छ । त्यसैले पनि समय घर्किएको थाहा हुँदैन ।  कार्तिक २४ गते शम्सेरगंजको चुनावी कार्यक्रमबाट बुवा ढिलो गरि आउनुभएकाले अन्य दिनजस्तो कार्यकर्ता÷शुभेच्छुकहरुको भिड थिएन । आएका केही फर्किसकेका थिए । कोठाभित्र पसेको एकैछिनमा त्यो घण्टी बजेको थियो । बुवाले नै फोन उठाउनु भयो । रिसिभरको अर्कोपट्टीबाट बोलिरहेको अपरिचित महिला आवाज बाहिरैबाट मैले पनि सुनें । फोन राखेपछि थाहा भयो कचनापुरबाट कर्णाली चिसापानी वनभो...

युद्धको मूल्य

आँगनमा पहेँलपुर भएर फूलहरु फुलेका छन् । घरकी स्वास्नीमान्छे विहान उठ्छिन् र अन्दाजी दश वर्ष पहिले एक हुल मानिसहरुले घरबाट करकापमा लिएर गएका आफ्नो लोग्ने फर्कन्छन् कि भनेर आखाँले भ्याउन्जेलसम्म बाटोको शिरानतिर हेर्छिन् । पर्खन सक्ने जति उनले पर्खिइन् तर, अहँ म आँए भनेर लोग्ने फर्किएनन् । आँसुका अन्तिम नुनिला ढिक्का झरे बेहिसाब– अर्थहीन– र, अब उनले गर्न सक्ने एउटै कुरा बाँकी रह्यो– केवल सम्झना । उनी आफ्नो लोग्नेलाई सम्झन्थिन् करकापमा हुलको पछाडी लागेर घर छाड्नुअघि लोग्नेले आँगनमा रोपेका फूलहरुलाई टक लगाएर हेर्थिन् र, आँगनमा चहकिएका फूलहरुमा प्रतीक्षाको थप सामल भेट्थिन । हावाको झोक्कामा यौवनमै झर्ने फूलहरुले उनलाई नतर्साएका होइनन्; तर फूलमा पल्लवित भएर आउने नयाँ पालुवाहरु र, अनुपम महक सहितका कोपिलाहरुलाई देखेर आत्मानुभूतिमा उनी आफ्नो प्रतीक्षाको सीमालाई नविकरण गरिदिन्थिन् । फूलहरुसँगको लामो संसर्गपछि खोइ किन हो फूलहरु देखेर उनलाई आज एक्कासी छट्पटी भयो । त्यसमा उनले क्रुरताको छायाँ अनुभव गरिन्; पूर्वपट्टीबाट लहरीएर आएको हावाको लयमा लच्कीरहेका फूलहरुम...

At the Teashop

At the teashop They come every morning For yet another cup of tea After rounds of tea at their homes or elsewhere. There is nothing special here:   Yes, Mithila vaujau still remembers the etiquette of a business— She'll smile indiscriminately To anyone Who comes at her teashop Except those days When a customer picks up a paper At the teashop And recounts the news Of the scarcity of LP gas, Or increase in sugar price. They come and talk their business: Their new boss in the office, Or the communist party in the government. She has nothing to do with those talks But she still loves them Because she practices the business etiquette To love things That brings profit to her. 

कर्णालीको छेउछाउ

२००५ सालमा अछाममा जन्मिएर र त्यहि हुर्के बढेका र २०२९ पछि कैलालीलाई कर्मथलो बनाएका गगनसिंह थापाको कर्णालीको छेउछाउ (अनूभूति आख्यान) सार्वजनिक भएको छ । लेखकले यसमा आफ्नो बाल्यकालदेखि वर्तमानसम्मका विभिन्न घटना र भोगाइलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् । म आफैंले पनि देखे घुमेका ठाउँहरुको वर्णन गरिएको भएर पनि मलाई यसले बढि तानिरहेको हुनसक्छ । यो पुस्तक तीन किसिमले मलाई राम्रो लागिरहेकोछ । पहिलो, राणाशासनकोअन्त्यपछि त्यसको अवशेषको रुपमा रहेका सामाजिक संरचनाका साथै, शिक्षा, स्वास्थ्य, र सामाजिक जीवनका विभिन्न रोचक पक्षहरुको जानकारीलाई निजात्मक शैलीमा पाठकहरुलाई दिने काम यसले गरेको छ । खासगरी कर्णाली क्षेत्र (मध्य र सुदूरपश्चिमको पहाडी भेग)को बारेमा जानकारी दिने खालका साहित्य खासै उपलब्ध नभइरहेको अवस्थामा तत्कालिन कर्णालीक्षेत्रलाई बुझ्न यो उपयोगी हुने देखिन्छ । दोस्रा,े प्रजातन्त्रको प्राप्तिपछि पनि कर्णाली क्षेत्रको आर्थिक सामाजिक जीवन कसरी उही अभाव, गरिबी, बेरोजगारी, पछौटेपनमा सिमित भयो भन्ने समकालिन समाजको चित्र पनि यसले दिन्छ । राजनैतिक आन्दोलनहरुमा सक्रियतापूर्वक य...