केशव सिग्देल उन्नाईस वर्षदेखि म बसिरहेको यो कोठा किन हो मलाई आज अनौठो लागिरहेछ । अस्ति अस्तिका विहानहरुमा अलार्म घण्टी बजिरहन्थ्यो म कोल्टो फेरेर सुतिरहन्थें जब समय घर्किसक्थ्यो काममा निस्कने हतारोमा सिङ्गै कोठा एउटा भित्तो बन्थ्यो भित्तो एउटा घडी बनेर झुण्डिन्थ्यो र त्यो घडी अत्तालिएको आफ्नै छाती हुन्थ्यो । हिजोआज, मलाई कतै जानु छैन सकिहाल्नु पर्ने जरुरी कुनै काम छैन चिया खानुभो भन्दै सोध्न आइपुग्ने छिमेकी पनि गेटमा प्रवेश निषेधको सूचना टाँसेर आँफैलाई घरमा थुनिबसेका छन् आजकाल घडीमा अलार्म लगाउन छोडिदिएको छु तैपनि सुईंको टिकटिक शहरको कोलहाल जस्तो भएर कोठमा गुन्जिरहन्छ । विहान उठेर बाथरुममा छिर्छु सावर ह्याण्डलबाट तपतप पानी चुहिरहेछ छचल्किएका थोपाका छिर्काले छोइएपछि हतमा एकाएक ससाना काँडा उम्रिन्छन् ति थोपाहरुले मनको तलाउमा निरन्तर तरङ्ग बनाइरहन्छन् म हात धुन साबुन पानी लगाउँछु गाजको आकाशमा फोका जस्ता ससाना तारा उदाउँछन् भेन्टिलेशनबाट छिरेको घामले ति फोकामा ससाना इन्द्रेणी पोतिदिन्छ ढोकाको कापबाट कमिलाको एउटा लर्को मैले थाहा नपाएको ठाउँसम्मको या...
The Way I See the World