Review of Keshab Sigdel's Samaya Bighatan (Time Under Dissolution, A Collection of Nepali Poems)
Reviewer: Ishwori Gnyawali
Published in Nepal (Year 8, Issue 45)
पुस्तक समीक्षा
ईश्वरी ज्ञवाली (नेपाल, वर्ष ८, अङ्क ४५/ असार १५, २०६५)
अकविताहरुको बाढी आइरहेको बेला सुन्दर कविताका बान्की पस्किएर देखापरेका छन्, केशव सिग्देल। कानुनका ज्ञाता सिग्देलका मनका भावनाहरु पोखिएका ३० थान कविताहरुको सङ्ग्रह हो— समय विघटन ।
Reviewer: Ishwori Gnyawali
Published in Nepal (Year 8, Issue 45)
पुस्तक समीक्षा
ईश्वरी ज्ञवाली (नेपाल, वर्ष ८, अङ्क ४५/ असार १५, २०६५)
Image of the page on which the review appears |
उनका कविता जीवनको समग्र यथार्थतालाई छुन औधि सफल छन्। भावानात्मक तरङ्गका अतिरिक्त जीवनमूलय र सौन्दर्यचेतका दृष्टिले उनका कविता साँच्चै सुन्दर छन्। २०५४ देखि ०६२ सालसम्म लेखिएका उनका कविता अकविताका विरुद्ध दिएका चुनौती जस्ता लाग्छन्।
...बारुद बोक्ने ती नवयौवनाभन्दा
बारुद बोक्न नखोज्ने युवतीहरु
मलाई बढी संशययुक्त लागिरहेछन्
जो लगातार मातृत्वको याचना गरेर
आत्मघाती छोराहरु जन्माउने
तयारी गरिरेहछन्। (बारुद बोक्न नखोज्नेहरु, पृ. ३२)
कोहलपुर—२, बाँकेका सिग्देलका दुईतिहाइभन्दा बढी कविता सौन्दर्यचेतका दृष्टिले उत्कृष्ट छन्। विषयवस्तुको फराकिलोपन, भावगत र शैलीगत उचाइ छ यसमा। उनका कविताको सान्दर्भिकतबाारे कहीँकतै खोट लगाउने ठाउँ रहने छैन। ‘अकविता’ शिर्षकमा उनी लेख्छन् ः
पोथीको भूमीका बदलिने मेसोमा
अन्योलमा परेका अण्डामाथि
भालेहरु ओथारो बसेका छन्।
रहरले कविता लेख्ने थुप्रै भेटिन्छन्। तर, सिग्देल स्वयम्ले भोगेजस्तै मानवीय सम्बन्धहरुको जटिलताभित्र आफूलाई समायोजन गरेर कविता लेख्नु गाह्रो काम हो। हरेक क्षेत्रका यथार्थलाई कवितामा उन्ने क्रममा परम्परागत पात्रहरुलाई पनि उनले स्थान दिएका छन्। क्रान्ति मात्र होइन, सुधारको आशाले पनि उनका कविता उनिएका छन्।
स्वतस्फुर्त रुपमा निस्किएका भावनाहरुलाई सिग्देलले बडो मिहिनेतपूर्वक परिष्कार गरेका छन्। उनमा प्रकाशनको लोभ पनि देखिँदैन। किनभने, उनले ०६२ सालसम्म लेखेका कविता ०६४को अन्त्यतिर आएर मात्र प्रकाशित गरेका छन्। ‘सकम्बरी’ शीर्षकमा लेख्छन् ः
...ऊ मालिक नभईकनै निष्फिक्री शासन गरिरहेछ
भावनाहरुमा,
र, म
बन्दी हुनुको सजाय भोगिरहेछु
मालिक भएर सकम्बरीको। (पृ. ३७)
जीवनलाई हेर्ने दृष्टिकोण सबैका आ—आफ्नै हुन्छन्। तर, स्रष्टाले सधैं सार्थक दृष्टिकोण राखोस् भन्ने अपेक्षा गरिन्छ। भावमा सघन, अनुभवमा परिपक्व र विचारमा स्पष्ट, दृढ एवम् प्रतिवद्ध सिग्देलको शैली नवीन छ।
विधागत मौलिकता निर्वाहमा सफल सिग्देलको यो कृति कविता पारखीहरुका निम्ति उत्कृष्ट खुराक हुनेमा दुईमत छैन।
Comments
Post a Comment