Nepali Poem by Keshab Sigdel
(जुम्लाको सम्झनामा)
गाउँको सिमानामा बसेर
मालचरीहरु
कुन देशको धुन भरिरहेछन्
फर्केर फेरी आउँछन् कि आउँदैनन्
यि पग्लिगएका उराठलाग्दा हिमालहरु सम्झिएर
बगिगएको कर्णालीको विरहले ब्युँझिएर ।
तर फर्कि आएनन् बग्दै झरेका नदीका गीतहरु
न आए मानिसहरु
भेट्नलाई छोडिगएका आफ्ना प्रितहरु ।
बेलाबेला सम्झना लिई आउन सकुन् भनेर
हुलाक घर बन्यो, फोनका तारहरु जोडिए
फर्किन सकुन् आफन्तीहरु भनेर
भिर छिचोल्दै बाटाहरु खनिए
हिँड्ने बटुवाहरु सायद उतै कतै छुटि गए
आएनन् सम्झिएको खबर दिने बाडुली सम्म पनि ।
चराहरु अहिले
गाउँको सिमानामा पुगेर
पर पर हेरिरहेछन्
उड्नलाई हो या छोड्नलाई यो गाउँ
हेर्दाहेर्दै
उनीहरु बसेको रुखको डाली हल्लिन्छ
त्यतिन्जेल, पखेँटा फट्फटाउँदै
मालचरीहरु गइसक्छन्
चराहरु गएपछि
यस्तो लाग्छ
रित्तो गाउँको त्यो आकाश
नभैदिए नै जाती हुन्थ्यो ।
(जुम्लाको सम्झनामा)
गाउँको सिमानामा बसेर
मालचरीहरु
कुन देशको धुन भरिरहेछन्
फर्केर फेरी आउँछन् कि आउँदैनन्
यि पग्लिगएका उराठलाग्दा हिमालहरु सम्झिएर
बगिगएको कर्णालीको विरहले ब्युँझिएर ।
तर फर्कि आएनन् बग्दै झरेका नदीका गीतहरु
न आए मानिसहरु
भेट्नलाई छोडिगएका आफ्ना प्रितहरु ।
बेलाबेला सम्झना लिई आउन सकुन् भनेर
हुलाक घर बन्यो, फोनका तारहरु जोडिए
फर्किन सकुन् आफन्तीहरु भनेर
भिर छिचोल्दै बाटाहरु खनिए
हिँड्ने बटुवाहरु सायद उतै कतै छुटि गए
आएनन् सम्झिएको खबर दिने बाडुली सम्म पनि ।
चराहरु अहिले
गाउँको सिमानामा पुगेर
पर पर हेरिरहेछन्
उड्नलाई हो या छोड्नलाई यो गाउँ
हेर्दाहेर्दै
उनीहरु बसेको रुखको डाली हल्लिन्छ
त्यतिन्जेल, पखेँटा फट्फटाउँदै
मालचरीहरु गइसक्छन्
चराहरु गएपछि
यस्तो लाग्छ
रित्तो गाउँको त्यो आकाश
नभैदिए नै जाती हुन्थ्यो ।
Comments
Post a Comment