Keshab Sigdel's Samaya Bighatan reviewed by Bharat Rodan Saud
पुस्तक समीक्षा
केशव सिग्देलको समय विघटनः यथार्थको विसङ्गतीपूर्ण परिबोध
प्रस्तुतीः भरतरोदन साउद
राष्ट्रिय राजनीतिक घटना, परिस्थिति र जनजीवनका आलम्बनमा पाश्चात्य काव्य परम्पराका प्रभावबाट अस्तित्ववोध, विसङ्गत चेतना, समाजवादी दृष्टिकोण, प्रयोगशीलताजस्ता प्रवृत्तिहरm नेपाली कविताले वरण गरेको छ । यी प्रवृत्तिहरmबाट मात्र नेपाली कविताको विषय क्षेत्र फैलिएको नभई पछिल्लो समयमा उत्तरआधुनिकताका नाममा फैलिएका विभिन्न मोडलहरmका आधारमा पनि कविता लेखिने प्रचलन बढ्दो छ । अर्कातिर माओवादी जनयुद्धले छोडेको राजनीतिक तथा सामाजिक सांस्कृतिक प्रभाव पनि नेपाली कवितामा प्रतिबिम्बित भएको छ । यिनै समसामयिक विषयवस्तुका कविता लेख्ने सशक्त कविका रmपमा आफ्नो परिचय बनाउँदै क्रियाशील स्रष्टा हुन्— केशव सिग्देल । उनका कविताले विषयवस्तुगत वैविध्यका साथ सामयिक चेतनालाई प्रभावकारी रmपमा सम्प्रेषण गरेका छन् ।
समय—विघटन सिग्देलको हालसम्म प्रकाशित एउटा मात्र कवितासङ्ग्रह हो । यसमा उनले मूलतः विसङ्गतीबोधी जीवनदृष्टि सम्प्रेषण गरेका छन् । मानिसको जीवन उसले बाँच्नै पर्छ तर त्यसमा कुनै अर्थपूर्ण सार वा उदेश्य हुँदैन भन्ने सार्वभौम विसङ्गतबोधी मान्यता उनका कविताले संवरण गरेका छन् । यस दृष्टिकोणका अनुसार जीवन र संसार असंङ्गति नै असङ्गतिले भरिएको छ । सत्यको नै जीत हुन्छ भन्ने आदर्शवादी चेतना र आस्थाका केन्द्र ईश्वरको नै मृत्यु भएको घोषणाबाट विकसित यस मान्यताले जीवनलाई विकृत, असङ्गत र निराशलाग्दो ठान्दछ । यी असङ्गति र विकृतिबाट छुट्कारा पाएर सुन्दर समाज र सङ्गतिपूर्ण जीवनसम्म पुग्ने बाटो पहिल्याउन नखोज्ने बरm जीवन र वातावरणप्रति केवल असन्तुष्टि र विमति वा विद्रोहको स्वच्छन्द भाव राख्दै स्थितिप्रतिको आस्था, आशा र जीवनको सार्थकताजस्ता कुराहरmलाई नै भ्रम ठान्ने यस प्रकारको विस्सारबोधसँग सिग्देलका कविताले तादात्म्य राख्दछन् —
जीवनको लिङ्गो
आफै छाँयामय छ
— मच्चिन्छ
— थच्चिन्छ
र, निवृत्त हुन्छ
छाँयाकाशबाट ।
त्यतिन्जेल
हामी भ्रम हुर्काइरहेका हुन्छौँ
छाँयामा÷ प्रतिछाँयामा
-छाँया, पृ=९_
समाजा व्याप्त विकृति र विसङ्गतीको चित्रण गर्नु र रmग्णताका विरmद्ध स्वस्थता विकल्प दिँदै सङ्गतिका पक्षमा अभिव्यक्ति दिनु विसङ्गतिवादी जीवनदृष्टिको उदेश्य होइन । सिग्देलका अधिकांश कविताले पनि यही कुरा पुष्टि गरेका छन् । बरm उनका कवितामा असङ्गति र विकृति जीवन र जगतको स्वभावका रmपमा रहेको आलोच्य सत्यका रmपमा प्रतिपादन गर्ने प्रवृत्ति मुखरित भएको छ । जीवनको अँध्यारो पक्षलाई प्रस्तुत गर्दै त्यसको भयानकतालाई बलियो रmपमा स्थापित गर्ने मृत्युचेतना, निरिहताबोध परम्परा र सहरी यान्त्रिक आधुनिकताको अभिशप्त प्रभावबोध र समग्रमा जीवनकै अस्वस्थताबोध सिग्देलका कवितामा प्रकट हुने अन्तर्भाव हो ।
इदाकदा अमूर्तता, भाषिक विचलन, बिम्बको दूरmह प्रयोग र व्याकरणिक असङ्गत योजना पनि कविताहरmमा भेटिन्छन् । मूलतः यस्ता रmपगत प्रयोगका प्रवृत्तिहरm पनि विसङ्गतिवादी कविकै लक्षणहरm हुन् । यति भएर पनि सिग्देलका कविताहरmले भाषाका आधारभूत संरचनाभित्रै रही शक्तिशाली अभिव्यक्ति दिने सामथ्र्य भने जोगाएकै छन् । अवचेतन लेखन, साङ्केतिक अभिव्यक्ति र अमूर्त प्रतीकयोजना उनका प्रवृत्ति होइनन् तर विशृङ्खल भाषिक प्रयोगको स्थिति शून्य चहिँ छैन ।
जीवनजगतका अँध्यारा पक्षलाई प्रस्तुत गर्ने क्रममा सिग्देलका कवितामा स्वच्छन्दतावादी विद्रोहात्मकता र यथार्थवादी आलोचनात्मकताका प्रवृत्तिहरm घुलमिल भएर आएका देखिन्छन् ।
अङ्ग्रेजी नलेखेकाले
वेदव्यासलाई
सभ्यताको कठघरामा उभ्याइएको छ ।
-अकविता, पृ= ३०_
स्वतन्त्रता र स्वच्छन्द आकाशका लागि यान्त्रिक आडम्बर र सांस्कृतिक बन्धनप्रति लेखकले कडा व्यङ्ग्य प्रस्तुत गरेका छन् । मान्छे बाँच्नुको कुनै अर्थ नरहे पनि मृत्युपछिको भयले बाँचिरहेको छ भनेर वर्तमानता वा जीवनको स्थितिप्रति व्यङ्ग्य गर्ने सिग्देल मृत्युचेत बोकेर बाँचिरहेको अस्तित्व पनि स्वीकार्दछन् । कल्पनात्मता र कलात्मकताले हृदयसंवेद्य कविताहरmको सङ्ग्रहका रmपमा समय—विघटन आएको छ । मानवीय स्वतन्त्रता, विद्रोही चेतना तथा यथार्थको विसङ्गतीपूर्ण परिबोध गर्नु र वर्तमान रmग्ण सामाजिक अवस्थालाई प्रतिबिम्बित गर्नु सिग्देलका विशेषता भएको कुरा प्रस्तुत कवितासङ्ग्रहले पुष्टि गरेको छ ।
कृतिः समय विघटन -कविता सङ्ग्रह_
कविः केशव सिग्देल
प्रकाशकः राजेश्वरी सिग्देल
प्रकाशनः २०६४ चैत्र
पृष्ठः

Comments
Post a Comment