Skip to main content

Book Review by भरतरोदन साउद

Keshab Sigdel's Samaya Bighatan reviewed by Bharat Rodan Saud

पुस्तक समीक्षा
केशव सिग्देलको समय विघटनः यथार्थको विसङ्गतीपूर्ण परिबोध
प्रस्तुतीः भरतरोदन साउद


राष्ट्रिय राजनीतिक घटना, परिस्थिति र जनजीवनका आलम्बनमा पाश्चात्य काव्य परम्पराका प्रभावबाट अस्तित्ववोध, विसङ्गत चेतना, समाजवादी दृष्टिकोण, प्रयोगशीलताजस्ता प्रवृत्तिहरm नेपाली कविताले वरण गरेको छ । यी प्रवृत्तिहरmबाट मात्र नेपाली कविताको विषय क्षेत्र फैलिएको नभई पछिल्लो समयमा उत्तरआधुनिकताका नाममा फैलिएका विभिन्न मोडलहरmका आधारमा पनि कविता लेखिने प्रचलन बढ्दो छ । अर्कातिर माओवादी जनयुद्धले छोडेको राजनीतिक तथा सामाजिक सांस्कृतिक प्रभाव पनि नेपाली कवितामा प्रतिबिम्बित भएको छ । यिनै समसामयिक विषयवस्तुका कविता लेख्ने सशक्त कविका रmपमा आफ्नो परिचय बनाउँदै क्रियाशील स्रष्टा हुन्— केशव सिग्देल । उनका कविताले विषयवस्तुगत वैविध्यका साथ सामयिक चेतनालाई प्रभावकारी रmपमा सम्प्रेषण गरेका छन् ।

       समय—विघटन सिग्देलको हालसम्म प्रकाशित एउटा मात्र कवितासङ्ग्रह हो । यसमा उनले मूलतः विसङ्गतीबोधी जीवनदृष्टि सम्प्रेषण गरेका छन् । मानिसको जीवन उसले बाँच्नै पर्छ तर त्यसमा कुनै अर्थपूर्ण सार वा उदेश्य हुँदैन भन्ने सार्वभौम विसङ्गतबोधी मान्यता उनका कविताले संवरण गरेका छन् । यस दृष्टिकोणका अनुसार जीवन र संसार असंङ्गति नै असङ्गतिले भरिएको छ । सत्यको नै जीत हुन्छ भन्ने आदर्शवादी चेतना र आस्थाका केन्द्र ईश्वरको नै मृत्यु भएको घोषणाबाट विकसित यस मान्यताले जीवनलाई विकृत, असङ्गत र निराशलाग्दो ठान्दछ । यी असङ्गति र विकृतिबाट छुट्कारा पाएर सुन्दर समाज र सङ्गतिपूर्ण जीवनसम्म पुग्ने बाटो पहिल्याउन नखोज्ने बरm जीवन र वातावरणप्रति केवल असन्तुष्टि र विमति वा विद्रोहको स्वच्छन्द भाव राख्दै स्थितिप्रतिको आस्था, आशा र जीवनको सार्थकताजस्ता कुराहरmलाई नै भ्रम ठान्ने यस प्रकारको विस्सारबोधसँग सिग्देलका कविताले तादात्म्य राख्दछन् —
                   
                    जीवनको लिङ्गो
                    आफै छाँयामय छ
                    —    मच्चिन्छ
                    —    थच्चिन्छ
                   र, निवृत्त हुन्छ
                   छाँयाकाशबाट ।
                   त्यतिन्जेल
                   हामी भ्रम हुर्काइरहेका हुन्छौँ
                   छाँयामा÷ प्रतिछाँयामा
                                   -छाँया, पृ=९_

       समाजा व्याप्त विकृति र विसङ्गतीको चित्रण गर्नु र रmग्णताका विरmद्ध स्वस्थता विकल्प दिँदै सङ्गतिका पक्षमा अभिव्यक्ति दिनु विसङ्गतिवादी जीवनदृष्टिको उदेश्य होइन । सिग्देलका अधिकांश कविताले पनि यही कुरा पुष्टि गरेका छन् । बरm उनका कवितामा असङ्गति र विकृति जीवन र जगतको स्वभावका रmपमा रहेको आलोच्य सत्यका रmपमा प्रतिपादन गर्ने प्रवृत्ति मुखरित भएको छ । जीवनको अँध्यारो पक्षलाई प्रस्तुत गर्दै त्यसको भयानकतालाई बलियो रmपमा स्थापित गर्ने मृत्युचेतना, निरिहताबोध परम्परा र सहरी यान्त्रिक आधुनिकताको अभिशप्त प्रभावबोध र समग्रमा जीवनकै अस्वस्थताबोध सिग्देलका कवितामा प्रकट हुने अन्तर्भाव हो ।

       इदाकदा अमूर्तता, भाषिक विचलन, बिम्बको दूरmह प्रयोग र व्याकरणिक असङ्गत योजना पनि कविताहरmमा भेटिन्छन् । मूलतः यस्ता रmपगत प्रयोगका प्रवृत्तिहरm पनि विसङ्गतिवादी कविकै लक्षणहरm हुन् । यति भएर पनि सिग्देलका कविताहरmले भाषाका आधारभूत संरचनाभित्रै रही शक्तिशाली अभिव्यक्ति दिने सामथ्र्य भने जोगाएकै छन् । अवचेतन लेखन, साङ्केतिक अभिव्यक्ति र अमूर्त प्रतीकयोजना उनका प्रवृत्ति होइनन् तर विशृङ्खल भाषिक प्रयोगको स्थिति शून्य चहिँ छैन ।

       जीवनजगतका अँध्यारा पक्षलाई प्रस्तुत गर्ने क्रममा सिग्देलका कवितामा स्वच्छन्दतावादी विद्रोहात्मकता र यथार्थवादी आलोचनात्मकताका प्रवृत्तिहरm घुलमिल भएर आएका देखिन्छन् ।
                    अङ्ग्रेजी नलेखेकाले
                    वेदव्यासलाई
                    सभ्यताको कठघरामा उभ्याइएको छ ।
                                        -अकविता, पृ= ३०_

       स्वतन्त्रता र स्वच्छन्द आकाशका लागि यान्त्रिक आडम्बर र सांस्कृतिक बन्धनप्रति लेखकले कडा व्यङ्ग्य प्रस्तुत गरेका छन् । मान्छे बाँच्नुको कुनै अर्थ नरहे पनि मृत्युपछिको भयले बाँचिरहेको छ भनेर वर्तमानता वा जीवनको स्थितिप्रति व्यङ्ग्य गर्ने सिग्देल मृत्युचेत बोकेर बाँचिरहेको अस्तित्व पनि स्वीकार्दछन् । कल्पनात्मता र कलात्मकताले हृदयसंवेद्य कविताहरmको सङ्ग्रहका रmपमा समय—विघटन आएको छ । मानवीय स्वतन्त्रता, विद्रोही चेतना तथा यथार्थको विसङ्गतीपूर्ण परिबोध गर्नु र वर्तमान रmग्ण सामाजिक अवस्थालाई प्रतिबिम्बित गर्नु सिग्देलका विशेषता भएको कुरा प्रस्तुत कवितासङ्ग्रहले पुष्टि गरेको छ ।

कृतिः        समय विघटन -कविता सङ्ग्रह_
कविः        केशव सिग्देल
प्रकाशकः     राजेश्वरी सिग्देल
प्रकाशनः     २०६४ चैत्र
पृष्ठः       

Comments

Popular posts from this blog

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

Earthquake

by KESHAB SIGDEL The ground beneath the feet shakes Windowpanes swing with dooming creaks And where I live soon turns into a dancing house Before I connect any of these episodes of a                  rallying terror! Is it the life we love? Is it the death we fear? Sorry, it’s not the time to contemplate; But I see my dear ones run even when I am here Lovers, friends, parents and everyone who can They run and jump, and stroll and creep To make a sense of their being Through the last long breath they inhale.  I am stranded here in the crumbles of the razed house I’m no more a lover or a friend, but a sufferer. Sanity is a word of mockery — Vanity is not yet thought of — It doesn't matter if I want to go to them Or if they want to come to me in a new incarnation With a rescue plan, with cheer groups around, And the flashes and the annoying selfie-shutters.   Thanks God, I got to see the...