Civil Society members (including rights activists, lawyers, journalists, members of professional organizations) organize a sit-in demonstration in front of UCPN-Maoist of office in Paris Danda in Kathmandu demanding transitional justice mechanisms. Similar sit-ins were staged in front of Nepali Congress and CPN-UML offices also. (May 8, 2013)
केशव सिग्देल कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट म खोजिरहेछु शक्तिको नाभीस्थान । देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट विवश भएर म हेरिरहेछु कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर, दरबार जस्तो गुफा मात्र । शाक्तिको उन्मादमा एउटा बुढो सिंह आफूलाई त्यो दरबारको राजा घोषित गर्छ र आफ्नो भोक तृप्तीका लागि हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई एक एक गरी खाने कानून बनाउँछ । भय र सन्तापमा परेका जीवहरु बिरोधमा बोल्न सकेका छैनन् । दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन् त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु । देबढोका पश्चिमको गुम्बामा डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ, सायद गुम्बाका भिक्षुहरु निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् । गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ बालकथाका खरायो मन्दिरको खापामा राखिएको तरवार झिकेर देव पुखूमा पखालिरहेछ हारेको युद्धका खाटाहरु । विवेक वर्जित गरिएको शहरमा फेरी बिरोधक...
Comments
Post a Comment