Johanna Carvajal (Colombia)
Nepali translation by : Keshab Sigdel
जोहोना कार्भाजल
अनुवादः केशव सिग्देल
प्रभातमा
आगो पुनर्जीवित हुन्छ ।
समय वित्दै जान्छ
उषाले मेरो गाला सुम्सुम्याउँछ
अनि म देख्छु
उघ्रिन लागेको प्रभात
।
प्रभातमा
कुनै वेदना छैन
विदाईको हात नहल्लाई
रात्री विलोप हुन्छ
आखाँ खुल्दा
त्यसका नानीहरु हिरा जस्तो
चम्कन्छन्
त्यसमा ठोक्किने घामको
उज्यालोले ।
मुटुमा धड्किन्छ
आघात परेको रगतको लय
विहानीमा गौंथलीको परेड
लगाउँछन्
निलो गगनमा उडान भर्छन्
र आफ्नो चालबाट शुद्धिकरण
गर्छन्
पुनर्जन्मको पवित्रता
उनीहरु फूलबाट पिउँछन्
विलाउनै लागेको शितको
थोपा
विहानीको
गीतले मात्रै दिनेछ
मानिसको पाइतलालाई
ईश्वरको अनन्त गहिराई
नाप्ने शक्ति ।
Comments
Post a Comment