Skip to main content

Posts

Showing posts from September, 2012

शहर, अनुहार र सपना

यो सहरको आफ्नो छुट्टै अनुहार छैन . अनगिन्ती थान फरक अनुहारह रु   पोतिँदै जाँदा प्रत्येक पल्ट यो सहर नयाँ अनुहार फेर्दै जान्छ ।  यो सहरको आफ्नो छुट्टै सपना छैन, सहरमा पोतिएका बेग्ला बेग्लै अनुहारह रु ले बुनेका भिन्दा भिन्दै सपनाह रु  सँगालिएर प्रत्येकपल्ट यो सहरको नयाँ सपनाकल्प बन्दै जान्छ । सहरभित्र अनुहारह रु को भिडमा जीवनको चक्र धान्नकै निम्ति घुच्चिँदाघुच्चिँदै सोहोरिएर मलिन भएका अनुहारह रु एक बाजी कहीँ कतै हिँड्दाहिँड्दै सपनामै सम्भावनाको सानो झिल्को माबै देखियो भने पनि त्यसलाई जीवनको उपलब्धि मानेर एक्लै, आँफै खुशी मनाउँदै विर्सन खोजेर पनि वाध्यताले, विवशताले सम्झनु परेका ठेगाना पहिल्याउने उत्साह बटुल्छन् । जब दिन ढल्किन्छ अनुहारह रु को चाङबाट एक थान अनुहार रङ्ग पोतेर पनि रङ्गहीन अध्याँरो चिसो कोठाभित्र सुटुक्क छिर्छ । तर भित्र छिर्नासाथ कोठाका भित्ताभरि एक हूल सपनाह रु को ताँती देख्छ ऊ– गर्भमा हुर्कँदै गरेका सपनाह रु , अन्योलग्रस्त भविश्यका कारण चिन्ताले पहेंलिएका सपनाह रु , मृत्यु भइसकेर मलामी पर्खिरहेका सपनाह रु , र केही अनुहारमा अवतर