Skip to main content

Posts

Showing posts from August, 2013

युद्धको मूल्य

आँगनमा पहेँलपुर भएर फूलहरु फुलेका छन् । घरकी स्वास्नीमान्छे विहान उठ्छिन् र अन्दाजी दश वर्ष पहिले एक हुल मानिसहरुले घरबाट करकापमा लिएर गएका आफ्नो लोग्ने फर्कन्छन् कि भनेर आखाँले भ्याउन्जेलसम्म बाटोको शिरानतिर हेर्छिन् । पर्खन सक्ने जति उनले पर्खिइन् तर, अहँ म आँए भनेर लोग्ने फर्किएनन् । आँसुका अन्तिम नुनिला ढिक्का झरे बेहिसाब– अर्थहीन– र, अब उनले गर्न सक्ने एउटै कुरा बाँकी रह्यो– केवल सम्झना । उनी आफ्नो लोग्नेलाई सम्झन्थिन् करकापमा हुलको पछाडी लागेर घर छाड्नुअघि लोग्नेले आँगनमा रोपेका फूलहरुलाई टक लगाएर हेर्थिन् र, आँगनमा चहकिएका फूलहरुमा प्रतीक्षाको थप सामल भेट्थिन । हावाको झोक्कामा यौवनमै झर्ने फूलहरुले उनलाई नतर्साएका होइनन्; तर फूलमा पल्लवित भएर आउने नयाँ पालुवाहरु र, अनुपम महक सहितका कोपिलाहरुलाई देखेर आत्मानुभूतिमा उनी आफ्नो प्रतीक्षाको सीमालाई नविकरण गरिदिन्थिन् । फूलहरुसँगको लामो संसर्गपछि खोइ किन हो फूलहरु देखेर उनलाई आज एक्कासी छट्पटी भयो । त्यसमा उनले क्रुरताको छायाँ अनुभव गरिन्; पूर्वपट्टीबाट लहरीएर आएको हावाको लयमा लच्कीरहेका फूलहरुम

At the Teashop

At the teashop They come every morning For yet another cup of tea After rounds of tea at their homes or elsewhere. There is nothing special here:   Yes, Mithila vaujau still remembers the etiquette of a business— She'll smile indiscriminately To anyone Who comes at her teashop Except those days When a customer picks up a paper At the teashop And recounts the news Of the scarcity of LP gas, Or increase in sugar price. They come and talk their business: Their new boss in the office, Or the communist party in the government. She has nothing to do with those talks But she still loves them Because she practices the business etiquette To love things That brings profit to her. 

कर्णालीको छेउछाउ

२००५ सालमा अछाममा जन्मिएर र त्यहि हुर्के बढेका र २०२९ पछि कैलालीलाई कर्मथलो बनाएका गगनसिंह थापाको कर्णालीको छेउछाउ (अनूभूति आख्यान) सार्वजनिक भएको छ । लेखकले यसमा आफ्नो बाल्यकालदेखि वर्तमानसम्मका विभिन्न घटना र भोगाइलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् । म आफैंले पनि देखे घुमेका ठाउँहरुको वर्णन गरिएको भएर पनि मलाई यसले बढि तानिरहेको हुनसक्छ । यो पुस्तक तीन किसिमले मलाई राम्रो लागिरहेकोछ । पहिलो, राणाशासनकोअन्त्यपछि त्यसको अवशेषको रुपमा रहेका सामाजिक संरचनाका साथै, शिक्षा, स्वास्थ्य, र सामाजिक जीवनका विभिन्न रोचक पक्षहरुको जानकारीलाई निजात्मक शैलीमा पाठकहरुलाई दिने काम यसले गरेको छ । खासगरी कर्णाली क्षेत्र (मध्य र सुदूरपश्चिमको पहाडी भेग)को बारेमा जानकारी दिने खालका साहित्य खासै उपलब्ध नभइरहेको अवस्थामा तत्कालिन कर्णालीक्षेत्रलाई बुझ्न यो उपयोगी हुने देखिन्छ । दोस्रा,े प्रजातन्त्रको प्राप्तिपछि पनि कर्णाली क्षेत्रको आर्थिक सामाजिक जीवन कसरी उही अभाव, गरिबी, बेरोजगारी, पछौटेपनमा सिमित भयो भन्ने समकालिन समाजको चित्र पनि यसले दिन्छ । राजनैतिक आन्दोलनहरुमा सक्रियतापूर्वक य