Skip to main content

Posts

Showing posts from March, 2019

निःशव्द अर्थात् मौन शव्दहरु

(रेशम विरही दाइ नेपालगंजमा पत्रकारिता गर्ने अन्तिम वर्ष तिर (ठ्याक्क वर्ष सम्झना भएन) दाइको आग्रहमा उहाँले सम्पादन गर्ने पत्रिकालाई केही न केही लेख्छु भन्नलाई   मैले  यस्तो पत्र लेखेको रहेछु । चिठीमा उठेका विषय अहिले पनि उत्तिकै सान्दर्भिक हुनु दुर्भाग्य भइदियो ।) - केशव सिग्देल प्रिय दाइ, शव्दहरुमा आकांक्षा लुकेको हुन्छ । शब्दले नै आग्रहरु जन्माउँछ । लोभ, ईष्या, अंहकार शब्दहरुबाटै जन्मिन्छ । शब्दहरु बिर्संदै गए आग्रहहरु हराउँदै जान्छन् । निःशब्द मान्छे बुद्ध हुन्छ । धेरै समय म निःशब्द भएँ तर बुद्ध भइन । मेरो इतिहास बलजफ्ती मबाट खोसियो । मेरो थालको भात खोसियो र शब्दकोषमा भोक र छटपटी थपियो । मेरो विवेकमाथि प्रहार गरियो र शब्दकोषमा घृणा र हिंसा थपियो । मेरो देश बलजफ्ती मबाट खोसियो र शब्दकोषमा परिवर्तन थपियो । म अहिले शब्दहीन भएको छु । प्रत्येक दिन शब्दकोष पल्टाउँछु । भोक पिउँछु र छटपटी ओकल्छु । घृणा पिउँछु र हिंसा ओकल्छु । शब्दहीन पारेर मलाई बुद्ध बनाउने प्रयत्न भइरहेको पनि हुन सक्छ । तर म बुद्ध भएको छैन । मैले शब्द विर्सेको छैन । शब्दहरुको सहायताले मैले आफ्नो भविष्य खोजिरह