Skip to main content

Posts

Showing posts from 2014

Of My Poetry Class

Poem Today, as every previous-year’s day, I’ll meet a new batch of students In my poetry class. May be I‘ll talk to them on Chaucer On how he d emocratically portrayed his characters Or, may be, I’ll, as always, Romanticize Ginsberg as a Hippi-hero And elaborate his experiments with sex and drugs; Or, I may be overtaken by the personal life of Yeats By failures of his love life More than the philosophical visions in his poems. They’ll have expectations And may end in impressions; I’ll also have expectations But I’ll need to continue on those impressions, The way I’ve been doing these many years. In the classroom They’ll be my students Or, I will be their teacher, by reciprocation. Very consciously, we’ll build and maintain the distance Of our being—as a teacher, as students. Each day, we’ll interact with each other Through faces-- foamy smiles this time, and frowns at other times. In the turn of the year, before my poetry classes

हाइकु

( खण्ड २)     १                                                             चढ्छ नै किन फेरी झर्नु छ भने त्यो निलो नदी।       २ अमवस्यामा धर्तीमा  झार्छ  तारा  जुनकिरीले ।       ३ कस्तो मात हो विपनामै उड्छ , त्यो झुसिलकिरा ।      ४ चढेपछि वैंश किन बस्छ पातमा शितको थोपा ।       ५ आँखा चिम्लियौ देख्दिनौ भन्ने सोचें र रुझाइदिएँ ।      English Translation

समयचित्र—२

(कविता) रोहिणी खोलामा पानी बग्छ वा अभाव बगरमा चालिन्छ बालुवा अथवा सपनाहरु किनारमा कुटिन्छ ढुङ्गा कि जीवनहरु अनि बाढीमा बग्छन् कुढा कि खुशीहरु? उनीहरु केही भन्दैनन् ति ढुङ्गाका देउताहरु। चुल्होमा आगो बल्छ कि भोक धुरीबाट धुवाँ निस्किन्छ कि शोक कसौंडीमा भात छड्किन्छ कि भाग्य थालमा स्वादहरु पस्किइन्छ कि क्षोभ? उनीहरु केही भन्दैनन् ति ढुङ्गाका देउताहरु। अभावले पोतिएका अध्याँरा कुनाहरुमा आइपुग्दैन कि घाम भनेर प्रत्येक बिहान अञ्जुलीले घाम उभाउँछिन् मेरी आमा जाँतोमा पिस्छिन् त्यही उज्यालो र बेलुका पस्किन्छिन् मनभरी रहरहरु। तर आकाशमा हाच्छयूँ काढ्दै हिँड्ने त्रासको छायाँ देखेर घरमा चाख्दैनन् कोही ति रहरहरु, र बोल्दिनन् मेरी आमा पनि। रोहिणी खोलाको पश्चिम आइपुग्दैन कि घाम भनेर प्रत्येक दिन घामलाई काँधमा हालेर हिँड्छन् मेरा बा र बेलुका टुकीमा बिसाउँछन् उज्यालो। गाउँमा हाच्छयूँ काढ्दै हिँड्ने त्रासको छायाँ देखेर बल्दैनन् टुकीहरु र बोल्दैनन् मेरा बा पनि। छेउमा उभिएकी मेरी छोरीको मनमा अहिले अनेक प्रश्नहरु छन्— —किन बोल्दैनन् यहाँ देउताहरु? —किन बोल्दैनन् उसका हजु

आत्मसंवाद

(निबन्ध) केशव सिग्देल ( Source: Nepal Kalasahitya Dot Com )      इम्याजिनेसन अर्थात् कल्पना । मलाई सधैँ लागिरहन्थ्यो यो जीवनमा धेरै सजिलोसँग गर्न सकिने एउटै मात्र काम कल्पना हो । तर वास्तविकता यति सरल रहेनछ । मनमा अनेक भावनाहरूले जुलुस चलाइरहँदा ति भावनाहरूमाथि नियन्त्रण गर्न , त्यसलाई व्यवस्थित गर्न र एउटा समुच्च कल्पनाको आकार दिन कठिन रहेछ । कल्पनाको तहमा विचारहरूमाथि मेडिटेसन गर्नु वा विमर्श गर्नु र ती विचारहरूलाई रङ्गहरूमा , अक्षरहरूमा वा विम्बहरूमा लिपिवद्ध गर्नु फरक मोर्चामा लडिने भिन्नै युद्धजस्ता हुँदा रहेछन्  ।      अहिले पनि म भावनाहरूमा मौन मेडिटेसन गरूँ या त्यसलाई सिर्जनात्मक क्यानभासमा लत्पताएर स्वतन्त्र अभिव्यक्तिको प्रयत्न गरूँ भनेर निर्णय गर्न सकिरहेको छैन । धेरै समयसम्म अनिर्णयको बन्दी रहनुका शुभाशुभ परिणामहरूपट्टि मनोगत कल्पना दौडाइरहेको छु , तर ती भवितव्यप्रति आश्वस्त बनाउन सकिरहेको छैन आफैलाई । त्यसैले आज आफैसँग मौन संवादका लागि तयार पारिरहेछु , र केही लेखकीय तुष्टिको कामना पनि गरिरहेछु ।      विभिन्न आयामहरूलाई एकैसाथ बोध गर्न नसकिएकाले जीवन आ

नागरिक अपेक्षाः उत्तरदायी सरकार

(नागरिक दैनिक, २०७० चैत २४ गते) २०६२ / ०६३को जनान्दोलन र त्यसको लगत्तै भएको वृहत शान्ति सम्झौतासँगै नेपाली राजनीतिले गणतन्त्रतर्फको ऐतिहासिक संक्रमण गर्यो। तर त्यो संक्रमणलाई व्यवस्थित गरेर नयाँ नियमित प्रक्रियालाई स्थापित गर्न नेपाली राज्य र राजनैतिक दलहरु अझैसम्म समर्थ भएका छैनन्। संक्रमणकाललाई व्यवस्थित गर्ने प्रमुख चारवटा कार्यभारहरु थिए — १) हतियार र लडाकाको व्यवस्थापन , २) संक्रमणकालिन न्याय व्यवस्थापन , ३) समावेशी राज्य पुनर्संरचना सहितको मानवअधिकारमा आधारित लोकतान्त्रिक संविधानको निर्माण , र ४) जनताप्रति उत्तरदायी जननिर्वाचित संसद र सरकार। हतियार व्यवस्थापन र निर्वाचित जनप्रतिनिधिमूलक संस्थाको स्थापनासँगै दुईवटा कार्यभारहरु पुरा भएकाले संक्रमण व्यवस्थापनको ५० प्रतिशत काम सम्पन्न भएको जस्तो देखिन्छ। तर यि दुईवटा कार्यहरु मूल कामका लागि वातावरण बनाउने र सहजीकरण गर्ने प्रबन्धसँग बढि सम्बन्धित थिए। संविधान बनाउने मूल कार्यभार बाँकी नै छ। संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न सर्वोच्च अदालतको विशेष निर्देश पछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजी सम्बन्धी आयोग निर्माणक