Skip to main content

Posts

Showing posts from November, 2013

सौदावाजीमा मानवीय संवेदना

(निबन्ध)  म भूईंमा ओछ्याइएको कार्पेटमा सिरानी राखेर पल्टिने तरखर गरिरहेको थिएँ । मोबाइल र  ल्याण्डलाइन टेलिफोनमा लगातार घण्टि बजिरह्यो । घडी हेरेको रातको ९.३५ बजेको रहेछ । यसै पनि दिउँसोमा बाहिरी काममा जाने व्यस्तता हुने भएकोले लेखपढ गर्न, इमेल र अन्य सामाजिक सञ्जालमा अपडेट हुन रातीको समय सदुपयोग गर्नु पर्ने भएकोले अपवाद वाहेक नियमित सुताइ अबेर नै हुने गर्छ । झन अहिले त वुवा स्वयं चुनावमा उमेदवार हुनुभएकोले आजकल नेताकार्यकर्तादेखि शुभेच्छुकहरुको उपस्थिति घरमा अबेरसम्म हुन्छ । चुनावी कार्यक्रमहरुको योजनामा छलफल हुन्छ । त्यसमाथि अनुमान, आँकलन र दाबाहरुको शिलशिला लामै चल्छ । त्यसैले पनि समय घर्किएको थाहा हुँदैन ।  कार्तिक २४ गते शम्सेरगंजको चुनावी कार्यक्रमबाट बुवा ढिलो गरि आउनुभएकाले अन्य दिनजस्तो कार्यकर्ता÷शुभेच्छुकहरुको भिड थिएन । आएका केही फर्किसकेका थिए । कोठाभित्र पसेको एकैछिनमा त्यो घण्टी बजेको थियो । बुवाले नै फोन उठाउनु भयो । रिसिभरको अर्कोपट्टीबाट बोलिरहेको अपरिचित महिला आवाज बाहिरैबाट मैले पनि सुनें । फोन राखेपछि थाहा भयो कचनापुरबाट कर्णाली चिसापानी वनभोज खान गएको स्क