Skip to main content

Posts

Showing posts from April, 2014

नागरिक अपेक्षाः उत्तरदायी सरकार

(नागरिक दैनिक, २०७० चैत २४ गते) २०६२ / ०६३को जनान्दोलन र त्यसको लगत्तै भएको वृहत शान्ति सम्झौतासँगै नेपाली राजनीतिले गणतन्त्रतर्फको ऐतिहासिक संक्रमण गर्यो। तर त्यो संक्रमणलाई व्यवस्थित गरेर नयाँ नियमित प्रक्रियालाई स्थापित गर्न नेपाली राज्य र राजनैतिक दलहरु अझैसम्म समर्थ भएका छैनन्। संक्रमणकाललाई व्यवस्थित गर्ने प्रमुख चारवटा कार्यभारहरु थिए — १) हतियार र लडाकाको व्यवस्थापन , २) संक्रमणकालिन न्याय व्यवस्थापन , ३) समावेशी राज्य पुनर्संरचना सहितको मानवअधिकारमा आधारित लोकतान्त्रिक संविधानको निर्माण , र ४) जनताप्रति उत्तरदायी जननिर्वाचित संसद र सरकार। हतियार व्यवस्थापन र निर्वाचित जनप्रतिनिधिमूलक संस्थाको स्थापनासँगै दुईवटा कार्यभारहरु पुरा भएकाले संक्रमण व्यवस्थापनको ५० प्रतिशत काम सम्पन्न भएको जस्तो देखिन्छ। तर यि दुईवटा कार्यहरु मूल कामका लागि वातावरण बनाउने र सहजीकरण गर्ने प्रबन्धसँग बढि सम्बन्धित थिए। संविधान बनाउने मूल कार्यभार बाँकी नै छ। संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न सर्वोच्च अदालतको विशेष निर्देश पछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजी सम्बन्धी आयोग निर्माणक