Skip to main content

Posts

Showing posts from July, 2020

दलित मार्कर खारेजीको प्रस्ताव

दलित मार्कर खारेजीको प्रस्ताव : यो लेखको शिर्षक पढ्नासाथ धेरैलाई यो प्रस्ताव वाहियात वा चिन्तनको दरिद्रताको द्योतक जस्तो लाग्न सक्छ ....

झ्याल बाहिर

निबन्ध केशव सिग्देल म बस्ने कोठाको पूर्वी मोहोडाबाट एउटा बाटो हिँड्छ । झ्यालबाट म त्यो बाटो भएर गुज्रिने समयको राप र तापको भावभङ्गि हेर्छु । मानिसका मुर्झाइरहेका सपना, सुस्केरा र विस्मात् पनि देख्छु । ति र त्यस्ता अनेकौं भाव र दृष्यहरु त्यो बाटो भएर ओहोरदोहोर गरिरहन्छन् । एक हिसाबले आउँछन् र हराउँछन् । कहिले काँही कुनै घटना वा भावले उद्वेलित गर्छन् र ति दृष्यहरु मेरो दृष्यपटलका आकास्मिक नियमितता भएर गुज्रिरहन्छन् । झ्याल बाहिरको त्यो राग र त्यसको प्रभाव झ्यालभित्र पनि महशुस हुन्छ । सोच्दा सोच्दै कुनै समय म स्वयम् त्यही सडक भइदिन्छु । र मानिसहरुको त्यो चाप, त्यो दबाब मेरै शरिरमा उत्पन्न हुन्छ । त्यो तापले शरिरको चिन्तनधारालाई ब्युँताइदिन्छ र म विचारोत्तेजित एउटा फिलोङ्गो हुन्छु । त्यो फिलिङ्गोले मेरो आसपासमा रहेका सबै बस्तुहरु अब वस्तु नभएर मेरो मानस भवका, मेरो चिन्तन मण्डलका सामल हुन विवश हुन्छन् । भावनाजन्य अनेक प्रकारका यस्ता झञ्झावात् मसम्म आइपुग्न यही झ्याल दोषी छ कि जस्तो पनि लाग्छ । तर दृष्य वा विचार झ्याल वा ढोका भएर मात्रै हिँडेका त अवश्य हुँदैनन् । त्यो त एउटा संजोग हो ।