Skip to main content

Posts

Showing posts from March, 2013

Few Haikus

केही हाइकु      १ देश–जनता चेसवोर्डका गोटी लौ राजनीति ।      २ दमकल छ तर कसै निभ्दैन मनको आगो ।      ३ भोकको आगो बलिचढेका बोका ईश्वर पूजा ।      ४ उदार छ ऊ सधैं बाँडिरहन्छ स्वार्थको पोको ।      ५ श्रीमती खोज्न के पो गरेन होला बाल ब्रम्हचारी । English Translation