Skip to main content

Posts

Showing posts from May, 2014

आत्मसंवाद

(निबन्ध) केशव सिग्देल ( Source: Nepal Kalasahitya Dot Com )      इम्याजिनेसन अर्थात् कल्पना । मलाई सधैँ लागिरहन्थ्यो यो जीवनमा धेरै सजिलोसँग गर्न सकिने एउटै मात्र काम कल्पना हो । तर वास्तविकता यति सरल रहेनछ । मनमा अनेक भावनाहरूले जुलुस चलाइरहँदा ति भावनाहरूमाथि नियन्त्रण गर्न , त्यसलाई व्यवस्थित गर्न र एउटा समुच्च कल्पनाको आकार दिन कठिन रहेछ । कल्पनाको तहमा विचारहरूमाथि मेडिटेसन गर्नु वा विमर्श गर्नु र ती विचारहरूलाई रङ्गहरूमा , अक्षरहरूमा वा विम्बहरूमा लिपिवद्ध गर्नु फरक मोर्चामा लडिने भिन्नै युद्धजस्ता हुँदा रहेछन्  ।      अहिले पनि म भावनाहरूमा मौन मेडिटेसन गरूँ या त्यसलाई सिर्जनात्मक क्यानभासमा लत्पताएर स्वतन्त्र अभिव्यक्तिको प्रयत्न गरूँ भनेर निर्णय गर्न सकिरहेको छैन । धेरै समयसम्म अनिर्णयको बन्दी रहनुका शुभाशुभ परिणामहरूपट्टि मनोगत कल्पना दौडाइरहेको छु , तर ती भवितव्यप्रति आश्वस्त बनाउन सकिरहेको छैन आफैलाई । त्यसैले आज आफैसँग मौन संवादका लागि तयार पारिरहेछु , र केही लेखकीय तुष्टिको कामना पनि गरिरहेछु ।      विभिन्न आयामहरूलाई एकैसाथ बोध गर्न नसकिएकाले जीवन आ