Skip to main content

Posts

Showing posts from February, 2013

अन्तर्वाता

केशव सिग्देलसँगको अन्तरङ्ग भलाकुसारी अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका लागि नवराज पहाडीले गरेको कुराकानी (अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको वर्ष– २१, अक– २० मा ०६९ माघ ११ गते प्रकाशित ।) अन्तरङ्ग– हिजोआज साहित्यका के कस्ता काममा व्यस्त हुनुहुन्छ ? सिग्देल– पढाउने काम नित्य चलिरहेको छ । त्यसपछिको समय साहित्यिक संस्थाहरुको क्रियाकलापहरुलाई खर्चने गरेको छु । बेलुका वा फुर्सद भएको अन्य समयमा लेख्ने समय निकाल्छु । अहिले म मेरा केही साथीहरुसंग मिलेर नेपाली कविताको अंग्रेजी अनुवाद पनि गरिरहेको छु । साहित्यिक पत्रिका सम्पादनको काम पनि सगँसगँै चलिरहेको हुन्छ । राजनीतिक परिवर्तनपछि पनि नागरिक अधिकार सुनिश्चित हुन नसकेको अवस्था छ । दण्डहीनतालाई राज्यले आफैं प्रस्रय दिइरहेको अवस्था छ । सचेत नागरिकको रुपमा चुपचाप बस्न नसकिँदोरहेछ । मानवअधिकार सम्बन्धि धर्ना जुलुसहरुमा पनि सहभागी भइरहन्छु । धेरैतिरको संलग्नताले मेरो अध्ययन र लेखनलाई वाधा पुगेको छ भन्ने लागेर हिजो आज केही जिम्मेवारीहरुबाट मुक्त हुने प्रयास गरिरहेको छु । व्यक्तिगत सन्तुष्टि या सामाजिक उत्तरदायित्व के प्राथमिक कुरा हो भन्ने द्व