Skip to main content

उत्सर्जित समय: चेतना र अनुभूतिको सरल अभिव्यक्ति

न कविता लेख्न सजिलो छ न त्यसका बारेमा टिप्पणी लेख्न । उत्सर्जित समय कविता सङ्ग्रहको पाण्डुलिपिको विद्युतप्रति इमेलबाट प्राप्त गरेको धेरैदिनसम्म म एकप्रकारको असजिलोमा परेर अल्मलिएँ । कवितामाथि केही लेख्नु भन्ने आग्रह थियो । तर लेख्ने के< प्रकाशनको शुभकामना< तर त्यसका लागि पद प्रतिष्ठाका हिसाबले अरु नै कोही पात्र उपयुक्त हुनेछ । समालोचना लेखौ < श्रद्घाञ्जलीको रुपमा प्रकाशित हुन लागेको कृति यसका लागि उपयुक्त अवसर होइन कि भन्ने सोचेँ। त्यसैले अन्तिममा कवितामाथि आफ्नै नीजि भावना लेख्ने विचार गरेँ­­— टिप्पणीका रुपमा ।
त्यसपछि मैले कविताहरु पढेँ । लामो समय राजनीतिमा सक्रिय भएका स्वर्गीय शिवप्रसाद अर्यालले आफ्नो जीवनकालमा रचना गरेका चौवालिसवटा कविताहरुको सङ्ग्रह उत्सर्जित समय चेतना र अनुभूतिको सरल अभिव्यक्ति हो भन्ने मलाई लाग्यो । सङ्ग्रहमा परेका कविताहरm पढ्दा मलाई लाग्यो हामीले भोगेको समयको काव्यिक दस्तावेज हो यो सङ्ग्रह । मलाई लागिरहेथ्यो जुन अभाव र गरिबी हामीले अनुभव गर्यौँ, जुन भय र त्रासमा हामी बाँच्यौँ, जुन अन्योल र अनिश्चयताको हामी साक्षी भयौँ, जुन अव्यवस्था र विचलन हामीले भोग्यौँ, के यो समयमा कविता लेख्न सम्भव छ र< कवि अर्यालका रचना पढेपछि अहिले मलाई लाग्छ आफूलाई, आफ्नो परिवेश र समयलाई गहिरोसँग अनुभूत गर्न सक्दा त्यही गरिबी र अभाव कविता बन्दो रहेछ । त्यही अन्योल र अनिश्चयता पनि कविता बनिँदो रहेछ । मान्छे मरेको वा मारिएको कुरा अब समाचार बन्छ बन्दैन, तर त्यसले कवि संवेदनालाई भने गहिरोसँग छुँदो रहेछ । हिंसा म सम्झन्न चाहान्न । न कवि स्वयम् सम्झन चाहान्थे । तर समयको त्यो घाउ अहिले भयङ्कर शक्तिशाली कविता भएर आएको छ।



मलाई लाग्छ हामीले बाँचेको एउटा युग यि रचनाहरुमा अवतरित भएको छ । राजनीतिक विचलन, भ्रष्टाचार, सामाजिक विभेद, हिंसा, भय, असुरक्षा, अपमान, संवेदनाहीनता, सामाजिक÷ नैतिक मूल्यहरmको विघटन, स्वार्थ, घृणा र द्वेष कवितामा पढिने चित्रहरु हुन् । तर यो समयको अर्ध—चित्र हो  । चित्रको अर्को पाटो छ । तरmणहरु छन् । शक्ति र सामथ्र्य छ । स्वाभिमान र मूल्यको निरन्तर लडाँई छ । निष्ठा र आदर्शहरु छन् । र एउटा बलियो दृढता र आशा छ । समयको यो अनुहार सुन्दर र प्रभावशाली छ । त्यसैले घोर निराशामा पनि मानिसहरु जीवन बाँच्ने कारण भेट्टाउँछन् । र कविको शक्ति, कविताको शक्ति यसैमा प्रमाणित हुन्छ ।
यस सङ्कलनमा परेका अधिकांश कविताहरm राजनीतिक अव्यवस्था र बेथितिका बारेमा लेखिएका छन् । स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत क्रियाशिल रहेका स्वर्गीय अर्यालका कवितामा राजनीतिक सचेतता प्रष्टै देखिन्छ । “लक्ष्य,” “अचेल आमा बिरामी छिन्,” “मेरो जागिरको पेटारो,” “नेपाली काङ्ग्रेस र विपि,” “प्रतिगमन,” “देश रोएको बेला,” र “बरवाद” जस्ता कविताहरु राजनीतिक चेतबाट ओतप्रोत छन् । उनी युवा शक्तिलाई सकारात्मक परिवर्तनको लागि उपयोग गर्नुको सट्टा ध्वंश र हिंसाका लागि दुरmपयोग गरिएकोमा आक्रोशित छन् । उनि सामाजिक विकृतिहरmको चर्चा गर्छन्, अव्यवस्था र वेथितिको कुरा गर्छन् तर निराश भने हुँदैनन् । उनी “अरुका विरुद्ध होइन÷ आफ्नै पछौटेपनका विरुद्ध” लड्न आह्वान गर्छन् । उनका कविताहरmमा नेपाली समाजमा मौलाउँदै गएको हिंसा र अमानवीयताका चित्रहरm मन हल्लाउने गरि आउँछन् ।
       एउटा घाइते रुन्छ
       आमाको काखमा ढली
       पछ्याउँदै गएर हान्छौ
       उसैको शिरमा गोली ।
                     -“छैन के ह्दय तिम्रो”_
हिंसा र ध्वंसले कसैलाई फाइदा पुर्याउँदैन भन्ने मान्यता राख्ने कवि उल्टै चोटिलो प्रश्न गर्छन्— “अरुको घर पोलेर÷ खरानी सिवा मिल्छ के<
       कवि आम मानिसहरmको पछौटेपनका विरुद्ध राष्ट्रिय जागरण चाहान्छन् । “निष्ठा,” “जवाफ भए भन,” “कम्मर तिमी कस,” “म बाँचिरहन सक्छु,” र “ऊ” जस्ता कविताहरु नैतिक÷ सामाजिक आदर्श र मूल्यमाथिका विमर्श हुन् । उनी कर्तव्यमा विश्वास राख्छन् । निष्ठामा रहन चाहान्छन् । र उज्यालो र समृद्घ भविष्यका लागि सबैलाई उत्प्रेरित गर्छन् । “निष्ठा” कवितामा उनी लेख्छन्— “फैलिएको गगन तल खेतमा लाही झुल्छ÷ पाखुराकै कसरत गरी पौरखी त्यहिँ भुल्छ।” स्वर्गीय अर्यालका कविताहरु समस्याहरmको सूची मात्रै प्रस्तुत गर्दैनन् समाधानका उपाय पनि सुझाउँछन् । नेपाली राजनीतिमा पछिल्लो समय धेरै चर्चा भइरहेको “सहमति र सहकार्य” को संस्कृतिको विकास गर्न उनले पनि आफ्ना कविताहरmमा आह्वान गरेका छन् ।
       नेपाली काङ्ग्रेससँग सम्बद्व भएर लामो समय राजनीतिमा सक्रिय रहेका स्वर्गीय अर्याल आन्तरिक पार्टी जीवनका बारेमा पनि कवितामा खरो प्रस्तुत भएका छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजबादको आदर्शलाई नेतृत्वले दह्रोसँग आत्मसाथ गर्न नसकेको, निष्ठापूर्वक पार्टी सङ्गठनमा योगदान गरेका, जनान्दोलनमा आफूलाई होमेका जुझारु नेता कार्यकर्ताहरुको उचित मूल्याङ्कन नभएको र पार्टीभित्र चिल्ला र सुकिलाहरुको बोलवाला बढ्दै जाँदा त्याग गर्नेहरुको अवमूल्ययन भएको महशुस उनले गरेका छन् । “जवाफ भए भन” कवितामा उनी आफ्नो असन्तोष यसरी अभिव्यक्त गर्छन्–
              ठोकेर हत्कडि नेल, चिस्यानमा सडेथे को<
              बानेर मौलामा कतै, आहुतीमा चढे को<
              जेलमा कोठरीभित्र आगोमा सेकिए कति<
              पार्टीको खातिर कस्ले जोखिम उठायो कति<
       नेपाली माटो, हावा, पानी र प्राकृतिक छटाहरmले उनलाई पनि नछोइरहन सकेन । “म हुन्छु पखेराहरुमा,” “देश नेपाल हुँ म,” “श्रृष्टि,” र “आऊ नव वर्ष नयाँ उमँग लिएर आऊ” जस्ता कविताहरुमा प्रकृति र देशप्रतिको प्रेम, त्यसको वर्णन र हर्षलाई अभिव्यक्ति दिएका छन् । “उत्सर्जित समय,” र “मान्छे” कवितामा उनी मानिसहरुमा हुने गरेको विभेद, विभेदले सिर्जना गरेको उत्पिडनको चर्चा गरेका छन् । प्रकृतिले कसैप्रति विभेद गरेको छैन तर मानिस किन यसो गर्छ भनि कवि मानवीय संकिर्णताको आलोचना गर्छन् ।
       “उत्सर्जित समय” सङ्ग्रहको शिर्षक कविता हो । स्वतन्त्रता र नागरिक अधिकारका लागि कवि आफूले उत्सर्जन गरेको समयलाई स्मरण गर्न र कविप्रति श्रद्धा अर्पण गर्न यही शिर्षकलाई कृतिको नाम छनौट गरिएको छ । कवि आफैँले यो कृतिलाई के नाम दिन रुचाउँथे होला, सम्भवत यो प्रश्नको जवाफ अब कहिल्यै आउने छैन । तर विभिन्न चरणका जनान्दोलनहरुमा आम नेपाली जनताले देखेको सपना कहिले पुरा हुन्छ भन्ने कविको प्रश्नमा हाम्रो जवाफ के हुन सक्ला< म स्वयम् पनि अनुत्तरित छु । यो सङ्ग्रहले यसका सबै पाठकहरुलाई यो प्रश्नप्रति गम्भिर हुन र यसको उत्तर खोज्न अभिप्रेरित गर्न सकोस्, म यति मात्र कामना गर्न सक्दछु । र, स्वर्गीय कविप्रति हार्दिक शब्द–सम्मानका साथ अहिलेलाई यहीँ बिट मार्छु ।

Comments

Popular posts from this blog

Open Call for Poetry on "Madness"

  World Poetry Movement - Nepal , in collaboration with RedPanda Books , a publication partner in Kathmandu, is soliciting poems from poets around the world on the theme of madness for a global poetry anthology. It is our pleasure that Society of Nepali Writers in English, Foundation of SAARC Writers and Literature, Asian Center for Humanities, 100 Thousand Poets for Change, and Movimiento Poetas del Mundo have also joined us as our poetry partners.   Why poetry on madness? The earth is our common home. Mountains, rivers, land, and the political and economic system governing this world should have been used for the benefit of all living beings including humankind. But, the reality is scarily different! World political leaders have turned into power mongers. Economic and social systems have been largely manipulated by the capitalists in their cravings for profits. Unstoppable desires for physical development have led to the destruction of natural ecology resulting in depletion of o

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing after I

An Evening (Video Poem)

An Evening (Video Poem) (In memory of the people disappeared during Nepal's civil war) Click this link to watch it on YOUTUBE Poem by: Keshab Sigdel Directed by: Prakesh Sindhuliya Featuring: Deepika Dhakal, Bigyannath Sharma, Himlata Sharma केशव सिग्देल एक साँझ हरेक दिन घाम डुब्नु अघि धुलो उडाउँदै  गाईहरु गोठ सम्झिएर फर्कन्छन् । बथानबाट छुट्टिएको बाख्राको पाठो बुर्कुसी मार्दै घरको आँगनमा आइपुगेपछि ढुक्क जस्तो देखिन्छ । घर नजिकै अम्बाका रुखहरुमा झ्याँउकिरीको मसिनो आवाज पनि भाका जगाएर चर्किदैं जान्छ । ससाना बादलहरुमा लुकामारी गर्दै जुन टिलपिलाउन थाल्छ । दैलो नेर निलो फित्ता भएका आफ्ना चप्पलहरु  सुरक्षित राखेपछि पिढींमा पलेंटी कसेर बस्छन् चाँदनीका बुवा हुक्कामा तम्बाखु भर्छन् र, चर्को डाँको गरेर  त्यसलाई सल्काउन आगो माग्छन् । यसरी वर्षौदेखि यो रुग्ण घरले अभाव सहेरै भए पनि  खुशीको आफ्नै लय बनाएको थियो ।  अचानक आज  न धुलो उडाउँदै गाईहरु आए न बुर्कुसी मार्दै बाख्राको पाठो आइपुग्यो । पानी पर्नलाई हो की भ्यागुताहरु टर